काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नछाड्ने निर्णय गरेको छ। शक्ति बाँडफाँटमा उक्त मन्त्रालय आफ्नो भागमा परेकाले त्यसको नेतृत्वका विषयमा आफ्नो पार्टीले निर्णय लिने महामन्त्री मुकुल ढकालले जानकारी दिए।
अन्य दलहरुसँगसमेत थप छलफल गरेर उक्त मन्त्रालयको जिम्मेवारीका विषयमा निर्णय लिइने ढकालले बताए। बैठकले सभापति लामिछानेलाई नै पठाउने बारेमा अन्य दलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेको छ।
ढकालले भने, ‘यो हामीमा आएको समस्या हो। त्यसैले अन्य दलले त्यही अनुरुप बुझ्नुपर्छ। अरु दलले कसरी मूल्यांकन गर्नुभएको छ भन्ने विषयमा भने हामी छलफल गर्छौं। त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय लिन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।