काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त पार्टीको आइतबार अपराह्न ३ बजे बस्नेगरी बैठक आह्वान गरिएको एक सदस्यले जानकारी दिए।
नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसालापछि पार्टी सभापतिबाट राजीनामा दिएका रवि लामिछानेले आइतबार पुन: नागरिकता कायम गराएसँगै बैठक बस्न लागेको हो।
लामिछानेलाई आइतबार नै फेरि पार्टी सभापति घोषणा गर्ने तयारी गरिएको ती सदस्यले बताएका छन्। उक्त बैठकमा आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।