काठमाडौं– निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।
लामिछाने आइतबार बिहान १० बजेतिरै बबरमहलस्थित काठमाडौं जिप्रका जाने उनीनिकट स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया नपुर्याएकाले उनको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।
यससँगै, लामिछानेले सांसद पद खारेज भएको थियो। यसपछि उनले उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।