• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युवा केन्द्रित नीतिको आवश्यकता

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ०१:१५
1140x725

यस बर्ष पनि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइँदै छ। यस वर्ष यो दिवस युवा र सुरक्षा जोडेर 'Safe Space for Youth' अर्थात्, ’युवाका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ मनाइदैछ।

सन् २००० देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय युवा दिवसको यो १९ औं संस्करण हो। संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको छ। युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गराउन यो दिवसको घोषण गरिएको हो।

व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिंगो विश्वकै विकासमा युवाहरुको भूमिकाको महत्त्वलाई दर्शाउन हरेक वर्ष संसारभर यो दिवस मनाइन्छ। यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ।

युवा जनसंख्यालाई विभिन्न देशहरुले आ–आफ्नै उमेरको परिधिमा राखेको छ। तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह हो। नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सामर्थ्य भरिपूर्ण अवस्था हो।

नेपालका सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ। नेपालको कुल जनसंख्यामध्ये यो उमेरको जनसंख्यालाई हेर्दा कूल एक करोड ६ लाख युवा रहेको देखिन्छ। नेपालमा ०६८ को जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवा वर्गको संख्या ४०.३५ प्रतिशत रहेको छ। त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत रहेको छ। १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत छ। १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत छ।

यीमध्ये ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन्। बर्सेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेसिने गरेका छन्। प्रतिदिन १ हजार ५ सयको हाराहारीमा युवाहरू विदेसिने गरेको तथ्यांकले देखाउँछ।

जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्या रहेको, अत्यधिक ऊर्जावान जनसंख्याभित्र पर्ने यो वर्गलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन, तबसम्म मुलुकले गति लिन सक्दैन। आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन्। उनीहरूलाई उचित शिक्ष दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो। युवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ।

मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ। कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ। अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा युवा र उनीहरुका सरोकारका बिषयलाई राज्यका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले विज्ञ र विशेषज्ञको सेवा एवं उर्जाबाट मुलुक स्वयं वञ्चित हुन पुगेको छ। रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सृजना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारण युवाहरु बेरोजगार बस्नु परेको छ। जसका कारण युवा शक्ति विदेशिने गरेका छन्।

देशको जानसांख्यिक तथा श्रम शक्तिको दृष्टिले सबै भन्दा बढी र सबल क्षेत्रको रुपमा रहेको युवा शक्तिको सही रुपमा पहिचान र उपयोग हुन सकेको छैन। देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था ज्यादै विचारणीय पक्ष रहेको छ।

विश्वमा नै युवा अधिकारको बारेमा चिन्तनको सुरुवात सन् १९३० को दशकमा देखा परेको विश्व आर्थिक मन्दीबाट सुरु भएको पाइन्छ। विश्वलाई आर्थिक मन्दीबाट बचाउन युवाको जोश, जागर र प्रतिभाको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यकता बोध हुन थालेपछि युवा अधिकार र अन्तरपुस्ता समन्वयको अवधारणाले मूर्त रुप लिएको हो।

द्वितीय विश्वयुद्धपछि संयुक्त राष्ट्र संघको स्थापना भई अन्तर्राष्ट्रियय मानव अधिकार कानुनको विकाससँगै युवा अधिकारबारे राष्ट्रभित्र पनि चिन्तन र बहस सुरु भएको पाइन्छ। युवालाई कसरी सक्षम बनाउने भन्ने बारेमा विश्वकै पहिलो लिखित संविधानको रुपमा रहेको संयुक्त राज्य अमेरिकाको संविधानमा युवाका अधिकारलाई सुरक्षित गर्नलाई सन् १९३० को दशकमा स्थापना भएको राष्ट्रिय युवा अधिकार संगठन पहिलो संगठनका रुपमा रहेको संस्थाले विश्वभरका युवाको अधिकार सम्बन्धमा वकालत गर्नुको साथै 'पिस फायर' नामक अमेरिकाको युवा संगठनले युवा अधिकारकर्मीलाई प्राविधिक सहयोग उपलब्ध गराउँछ।

त्यसैगरी जनवादी गणतन्त्र चीनको संविधानले राज्यले युवाको शारीरिक विकासका लागि आम खेलकूद कार्यक्रमको विकास गर्ने व्यवस्थाको साथै शिक्षासम्बन्धी अधिकारमा राज्यले बालबालिका तथा युवाको शारीरिक, मानसिक तथा नैतिक विकास गर्ने व्यवस्था गरेको पाइन्छ। बाबु आमाले बालबालिकाको रेखदेख र शिक्षादिक्षा दिनुपर्ने तथा बालबालिका जवान भएपछि बाबु आमालाई हेरचाह र मद्दत गर्नु निजहरुको कर्तव्य हुने व्यवस्था गरेको देखिन्छ।

त्यस्तै, स्वीस महासंघको संविधानमा सामाजिक लक्ष्य अन्तर्गत युवा सम्बन्धी व्यवस्था गरिएको छ। युवा तथा बालबालिका र काम गर्ने उमेरका मानिसहरुले आफ्नो क्षमता अनुसार शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्ने र युवा तथा बालबालिकालाई स्वतन्त्र र समाजप्रति उत्तरदायी नागरिक बनाउनका लागि सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा राज्यले सहयोग र प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।

नेपालको संविधानले राज्यका निर्देशक सिद्धान्त र नीति अन्तर्गत राज्यका नीतिहरुमा युवाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गरी सर्वाङ्गीण राष्ट्रिय विकास गर्नु जरुरी छ भन्ने व्यवस्था गरेको छ।

नेपालको सन्दर्भमा युवा अधिकारका सवालहरु मुख्यतया सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता,आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकास, शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण, युवाहरुबीच लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य, विज्ञान तथा प्राविधि, अनुसन्धान र अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन बौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिवद्धता, खेलकूद मार्फत शारीरिक तथा मानसिक विकासको अवसर भने पनि राज्यले कार्यान्वयन गर्न सकेको छैन।

देशका हरेक क्षेत्रमा योगदानको आवश्यकता रहने युवामा बेलैदेखि शैक्षिक ज्ञानका साथै राजनीतिक चेतना पनि हुनु जरुरी हुन्छ। तर, हाम्रो देशमा राजनीतिलाई नितान्त समाजसेवा र राष्ट्रहितभन्दा पनि व्यक्तिगत, दलगत निहित सत्ता स्वार्थमा बढी प्रयोग गरिएका कारण यसको छवि धमिलो बनाइएको छ। समाज परिवर्तनका संवाहक युवाको भूमिका र योगदान महत्त्वपूर्ण हुनेगर्छ। युवा नै देशका समृद्धिका खम्बा हुन्। आजको विश्व राजनीति समाजवाद र पुँजीवादको सेरोफेरोमा ध्रुवीकृत छ। यिनै दर्शनका नाममा खुलेका राजनीतिक दल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा फस्टाउँदा छन्। राजनीतिले नै देश हाँक्ने नेतृत्व उत्पादन गर्ने हुँदा राजनीतिक क्षेत्र महत्त्वपूर्ण मानिन्छ। तर नेपालमा प्रजातन्त्र स्थापनापछि भने राजनीतिक क्षेत्र सबैभन्दा बदनाम बन्न पुगेको देखिन्छ।
युवा वर्गमा स्वाध्ययनको पनि कमी छ। विद्यालयका  पाठ्यपुस्तकमात्रै नभएर विभिन्न ज्ञानगुण, जीवनदर्शन, अध्यात्मलगायत कला, साहित्य, मनोरञ्जन, इतिहास, अर्थव्यवस्था र राजनीतिक दर्शनजस्ता विधाको पनि निरन्तर अध्ययन गर्नु आवश्यक छ।

राजनीतिको अर्को महत्त्वपूर्ण पाटो हो, नैतिकता। वास्तवमा आजको सिङ्गो राजनीतिक क्षेत्रले जनविश्वास गुमाउनुको मुख्य कारण नै नैतिकताको अभाव हो। सामाजिक नैतिक हैसियत शून्य भएका, भ्रष्ट आचरणका कारण सामाजिकरूपमै बहिस्कृत दलबल र पैसाको आडमा सत्ता र शक्तिका सदाबहार खेलाडी बनेका छन्। व्यक्ति स्वयंभित्र नैतिकता नहुँदासम्म समाज र राजनीति स्वच्छ हुनै सक्दैन। सबै कुराको ज्ञान र सीपमात्रै भएर पनि दक्ष नेतृत्वमा आवश्यक गुण पूर्ण नहुन सक्छ। असल राजनीतिज्ञ हुन व्यक्तिमा कुशल समन्वयकर्ता, अग्रसर, निडर व्यक्तित्व,  मृदुभाषी, चतुर, दूरदर्शिता, मूल्यांकन र निर्णय क्षमता, शालिनता, पारदर्शिता, धैर्य, इमानदारी, नैतिकता, सकारात्मक चिन्तन, सहअस्तित्वको भावना, प्रकृति प्रेमजस्ता गुण अत्यावश्यक हुन्छन्।

विद्यालय र कलेज स्तरका विविध अतिरिक्त क्रियाकलापमा सहभागी बन्दै बेलैदेखि सफल नेतृत्वमा हुनुपर्ने गुणको विकास गर्न सकिन्छ। नेतृत्व कुशलता नै सफल राजनीतिज्ञमा आवश्यक पर्ने महत्त्वपूर्ण प्राविधिक पक्ष हो।

आजको राजनीतिमा युवाको खाँचो छ। युवा अझ खासगरी शिक्षित, सचेत, नैतिक र कुशल युवाको भूमिकाले मात्रै आजको राजनीति सबल र स्थिर बन्नेछ। अनिमात्रै देशले लायक र कुशल नेतृत्व पाउनेछ। त्यस अवस्थामा नै  नेपाली जनताको दशकौंदेखिको निराशा अन्त्य हुँदै जानेछ। यसरी जन्मने पुस्ताले बल्ल देशलाई समृद्धितर्फ लैजाने आशा गर्न सकिन्छ।

सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषप्रद छैन। त्यसमा पनि महिलाहरुको अवस्था अझ नाजुक रहेको छ। युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा सम्बोधन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहिकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरु निर्देशित हुनु जरुरी छ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्