काठमाडौं– शाहरुख खान आगामी फिल्म 'पठान' का कारण चर्चामा छन्।
हालै फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ। यसैबीच शाहरुख खानले ट्वीटरमा आफ्ना फ्यानसँग कुराकानी गरेका छन्। उनले 'आस्क एसआरके' सेसनको होस्ट गर्ने क्रममा प्रश्नको जवाफ पनि दिएका थिए। यस सेसनमा शाहरुखले आफ्नो फिल्म ‘पठान’सँग सम्बन्धित प्रश्नहरूको बारेमा पनि कुरा गरेका थिए।
शाहरुखले आफ्नो पहिलो प्रेमिबारे के भने?
एक फ्यानले शाहरुखलाई उनको व्यक्तिगत जीवनसँग सम्बन्धित एउटा प्रश्न सोधे, ‘तपाईंको पहिलो गर्लफ्रेन्ड को हो? ’
यस विषयमा शाहरुखले आफ्नो पहिलो प्रेमिका अरु कोही नभएर उनकी पत्नी गौरी स्वयं भएको बताए। शाहरुख खान र गौरी खानले सन् १९९१ मा विवाह गरेका थिए। उनीहरुका तीन सन्तान आर्यन, सुहाना र अबराम छन्।
शाहरुखको फिल्म 'पठान' जनवरी २५ मा रिलिज हुँदैछ। 'पठान' रिलिज हुनुअघि नै यसको स्याटेलाइट राइट्स १०० करोडमा बिक्री भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।