बर्तोल ब्रेख्त (१८९८– १९५६) बीसौं शताब्दीका एक प्रसिद्ध जर्मन कवि, नाटककार र नाट्य निर्देशक हुन्। उनका दुई कविताको नेपालीमा भावानुवाद गरिएको छ।)
एक चिनियाँ सिँहको बेलबुट्टा देखेर
तिम्रो पञ्जा देखेर
डराउँछन् खराब मानिस
तिम्रो अनुग्रह देखेर
खुसी हुन्छन् असल मानिस
यही म चाहन्छु सुन्न
मेरो कविताको बारेमा
हरेक चीज बदलिन्छ
हरेक चिज बदलिन्छ
आफ्नो हर अन्तिम श्वाससँग
तिमी एक ताजा सुरुवात गर्नसक्छौ
तर जे बितिसकेको छ, त्यो बितिसक्यो
जुन पानी एक पटक तिमीले रक्सीमा
मिसाइसकेका छौ, त्यसलाई उगाएर
बाहिर निकाल्न सक्दैनौ।
जे बितिसकेको छ, त्यो बितिसक्यो
त्यो पानी जुन एक पटक तिमीले रक्सीमा मिसाइसकेका छौ
त्यसलाई उगाएर बाहिर निकाल्न सक्दैनौ
तर
हरेक चिज बदलिन्छ
आफ्नो हर अन्तिम श्वाससँग
तिमी एक ताजा सुरुवात गर्नसक्छौ।
भावानुवाद: समर्पण श्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।