• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

प्रसिद्ध कवि अमृता प्रीतमका २ कविता

64x64
नेपाल लाइभ शनिबार, पुस २३, २०७९  १२:५८
1140x725

काठमाडौं– भारतीय प्रसिद्ध कवि हुन् अमृता प्रीतम (१९१९-२००५)। जो पञ्जावी भाषाको पहिलो चर्चित कवयत्री पनि हुन्। उनले सय भन्दा बढी पुस्तक लेखेकी छन्। प्रीतमलाई भारतको प्रतिष्ठित सम्मान पद्म विभूषण र साहित्य एकेडेमी पुरस्कारले सम्मान गरिएको थियो। उनै कविका थुप्रै कविता कवि रिमा केसीले नेपालीमा अनुवाद गरेकी छन्। केसीको अनुवादमा ‘अमृता प्रीतमका छानिएका कविता’ कविता सङ्ग्रह इन्डिगो इन्क पब्लिकेशनले हालै प्रकाशनमा ल्याएको छ। सङ्ग्रहमा समावेश दुई अनुवाद कविता:

इच्छापत्र 

आफ्नो पूरा होसहवासमा
लेखिरहेको छु म आज
इच्छापत्र आफ्नै!

म मरेपछि,
खङ्ग्राल्नु मेरा कोठा
खोतल्नु हरेक चिज
घरभरि बिना ताल्चाका
मेरा सामान छरिएका छन्!

दिनु मेरा सपना,
ती तमाम स्त्रीहरूलाई
जो चुलो-चौकादेखि ओछ्यानसम्म
खुम्चिएका छन्,आफ्नै दुनियाँमा
हराएका छन् तिनीहरू
जो वर्षौं पहिले भूलिसकेका छन् सपना देख्न !

बाँडिदिनु मेरा हाँसोका खित्काहरू,
वृद्धआश्रमका ती वृद्धहरूमा
जसका सन्तानहरू
अमेरिकाका जगमगाउँदा सहरमा हराएका छ्न्!

टेबलमाथि हेर्नु,
मेरा केही रङ्गहरू होलान्
ती रङ्गहरूले
रङ्गाइदिनु विधवाको साडी
जसको श्रीमान्‌को रगतले सिमाना रङ्गिएको छ
झण्डामा लट्पटिएर ऊ हिजो राति सुतेको छ!

आँसु मेरो दिनु
ती तमाम सायरहरूलाई
जसको हरेक थोपाहरूबाट हुनेछ गजलको जन्म
यो मेरो वचन भयो!

nimb
nimb

मेरो मान, मेरो पवित्रता
त्यो वेश्याको नाममा गरिदिनु
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !
यो देशका एक-एक युवालाई समातेर
लगाइदिनु इन्जेक्सन मेरो आक्रोशको
जसको जरुरत पर्नेछ, क्रान्तिका ती दिनहरूम!

पागलपन मेरो,
पर्नेछ्न् हिस्सामा ती सुफिहरूको
जो निस्किएका छन्
सबै छोडी ईश्वरको खोजीमा!

बस्!
बाँकी बच्यो
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
यसो गर्नु
यसलाई म सङ्गै जलाइदिनु

****

सिगरेट
यो आगोको कुरा हो
तिमीले यही कुरा सुनायौ
यो जिन्दगीको त्यही सिगरेट हो
जुन तिमीले कुनै दिन सल्काएका थियौ

झिल्को तिमीले बालेका थियौ
यो दिल सधैं जलिरह्यो
समयले कलम समातेर 
केही हिसाब लेखिरह्यो

चौध मिनेट भएको छ
यसको खाता हेर
चौध वर्ष नै हो
यो कलमलाई सोध

मेरो यो शरीरमा
तिम्रो श्वास चलिरहयो
धर्ती साक्षी छ
धुँवा निस्किरह्यो 

उमेरको सिगरेट जलिसक्यो
मेरो प्रेमको सुगन्ध
केही तिम्रो श्वासमा
केही हावामा मिलिसक्यो

हेर यो आखिरी ठुटो हो
औँलाहरूबाट छोडिदेऊ
कतै मेरो प्रेमको आँचले
तिम्रा औँला नछोऊन्

जिन्दगीको अब पिर छैन
यो आगोलाई समाल
तिम्रा हात सकुशल रहुन्
अब अर्को सिगरेट जलाऊ !!

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १२:५८
  • #अमृता प्रितम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस
कविता : शोकमा गाईजात्रा छैन
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन शनिबार, भदौ १३, २०८३
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस शनिबार, भदौ १३, २०८३
कविता : शोकमा गाईजात्रा छैन शनिबार, भदौ १३, २०८३
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्