काठमाडौं- यो वर्षको पहिचान पुरस्कार २ कृतिले पाउने भएका छन्। अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङद्वारा संकलित ‘सिरिजङ्गा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरू’ उपन्यासलाई पुरस्कार दिने घोषणा गरेको पहिचान पुरस्कार कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
‘वि.सं. २०७८/२०७९ तथा सन् २०२१/२०२२ को लागि पहिचान पुरस्कार कोषमा आएका पुस्तकहरु मध्यबाट छनोट गरी अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङद्वारा संकलित तथा लेखन गरिएको ‘सिरिजङ्गा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरू’ उपन्यासलाई पहिचान पुरस्कार संयुक्त रुपमा प्रदान गरिने जानकारी गराईन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
पहिचान पुरस्कार ४ लाख २ हजार २ रूपैयाँ राशीको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।