काठमाडौं– सरगम कोशलले मिसज वर्ल्डको ताज आफ्नो नाममा दर्ता गरेकी छन्। २१ वर्षपछि भारतमा यो ताज फिर्ता आएको हो। यस प्रतिस्पर्धामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए।
जसमा सरगम कौशलले जितेकी हुन्। जम्मू–कश्मिरमा रहँदै आएकी सरगम शिक्षिका हुन्। उनका पति नेवीमा एक अफिसर छन्। उनीहरुको विवाह सन् २०१८ मा भएको थियो।
उनले आफ्नो सफलताको श्रेय पिता र पतिलाई दिएकी छन्। मिसेज इन्डिया पेजन्टको अफिसियल इन्टाग्राम ह्यान्डलमा उसको घोषणा गरिएको छ। यहाँ क्राउनिङ मोमेन्टको एक झलक शेयर गर्दै लेखिएको छ, ‘लामो समयको पर्खाइ अन्त्य भएको छ। २१ वर्षपछि हामीसँग क्राउन फिर्ता आएको छ।’
सन् २००१ मा यो क्राउन डा अदिति गोवित्रीकरले जितेकी थिइन्। यस पुरस्कारको निर्णायकमा अभिनेत्री सोह खान, विवेक ओबरोय र मोहम्मद अजरुद्दीन रहेका थिए। यसअघि सरगमले १६ जुन २०२० मा मिस इन्डिया वर्ल्ड २०२२ को पुरस्कार पनि जितेकी थिइन्। उनलाई नवदीप कौरले यो ताज पहिराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।