• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फ्रान्सलाई चोटको चिन्ता, मोरक्कोलाई इतिहास रच्ने अवसर

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १४:२१
1140x725

काठमाडौं– विश्वकपअन्तर्गत बुधबार राती डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग फाइनल प्रवेशका लागि पहिलो पल्ट विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिकी राष्ट्रको छवी बनाएको मोरक्कोको प्रतिस्पर्धा हुदैछ। 

पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा आज फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल झन् रोचक बन्ने पक्का छ। 

अहिले फ्रेञ्च टोलीको सबैभन्दा ठूलो चिन्ता चोटग्रस्त खेलाडीहरू हुन्। मोरक्कोका लागि इतिहास रच्ने सुनौलो मौका छ। तर, केलियन एमबाप्पे, ओलिभर जिरुड, आन्टोन ग्रेजमन र ओस्माने डेम्बेले जुन लयका साथ खेलिरहेका छन्, यसले मोरक्कोलाई गाह्रो पर्ने पक्का छ। 

आजको खेलमा फ्रान्सका दुई प्रमुख खेलाडी डिफेन्डर डेयट अपमेकानो र मिडफिल्डर एड्रियन रेबियट मैदानमा उत्रिनेमा आशंका छ। उनीहरू बिरामी छन्। बुधबारको खेलका लागि भएको अभ्यासमा पनि उनीहरू देखा परेका थिएनन्। 

यद्यपि लेस ब्लुज टोलीमा स्टार खेलाडीको कमि छैन। उनीहरूको ठाउँमा सेन्टर ब्याकमा इब्राहिमा कोनाते र मिडमा युसुफ फोफाना फर्किने सम्भावना प्रबल छ। 

इंग्ल्याण्डविरूद्ध गोल गरेका औरेलियन चौउमेनीलाई पनि आज डिफेन्सिभ मिडफिल्डमा उतार्ने सम्भावना बलियो छ।

यद्यपि उनी पनि देब्रे खुट्टामा समस्या भएपछि सोमबारको अभ्याससत्रमा देखिएका थिएनन्। तर, मंगलबार टोलीमा फर्किएको फ्रेञ्च फुटबल संघले जनाएको छ। 

उनी जारी विश्वकपमा फ्रान्सबाट हरेक खेलमा प्लेइङ–११ मा समावेश खेलाडी हुन्। 

Ncell 2
Ncell 2

मोरक्कोलाई पनि चोटले नसताएको होइन। कप्तान रोमान साइस र वेस्ट हामबाट खेल्ने सेन्टर ब्याक नायफ अगेर्ड पनि चोटग्रस्त देखिन्छन्। तर, मोरक्को प्रशिक्षक वाइद रेग्रागीले बुधबारको खेलमा सबै खेलाडी उपलब्ध हुने बताएका छन्। 

‘हामीसँग राम्रो चिकित्सक समावेश छन्। हरेक दिन हामीले शुभ समाचार सुन्न पाइरहेका छौं। कोही पनि टिमबाट बाहिरिसकेको अवस्था छैन। हामी राम्रो टोली मैदानमा उतार्ने छौं,’ उनले अन्तर्राष्ट्रिय मिडियाहरूसँग भनेका छन्। 

फ्रान्सको आक्रामणको धार बुझेका रेग्रागी विपक्षी टोलीलाई रोक्न विशेष योजना नबनाएको बताउँछन्। तर, आजको खेलमा एकजुट भएर मैदानमा उत्रिने उनको भनाई छ। 

केलियन एमबाप्पे विश्वकपको सर्वाधिक गोलकर्ता हुन्। उनले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन्। उनीसँगै अर्जेन्टिनाका लिओनल मेसीले पनि पाँच गोल गरेका छन्। 

आज उनलाई रोक्ने अभियानमा सबैभन्दा बढी भूमिका डिफेन्डर अचर्फ हाकिमीको काँधमा हुनेछ। हाकिमी र एमबाप्पे एउटै क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। हाकिमी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) का भरोसायोग्य डिफेन्डर हुन्। जारी विश्वकपमा उनको प्रदर्शन उत्कृष्ट छ। 

पहिले फ्रान्सको शासन रहेको मोरक्कोका अगाडि आजको खेलमा कप्तान तथा गोलकिपर ह्युगो लोरिस सबैभन्दा ठूलो तगारो बन्ने पक्का छ। जारी विश्वकपमा लोरिसको प्रदर्शन पनि उच्च मानिन्छ। 

मोरक्कोको पनि सबैभन्दा उत्कृष्ट पक्ष नै सशक्त डिफेन्सिभ लाइन–अप हो। उसले अहिलेसम्म विपक्षी टोलीबाट गोल खानु परेको छैन। एक मात्र गोल आत्मघाती भएको थियो। उसले विपक्षी टोलीको आक्रमणलाई निस्तेज पार्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। 

अहिले उ सेमिफाइनलमा विश्वको सबैभन्दा खतरनाक आक्रामक लाइन–अपसँग जुधिरहेको छ। यी दुईबीचको भिडन्तमा मोरक्कोको डिफेन्स हावी हुने हो कि, फ्रान्सको आक्रामक लाइन–अप, यसले नै खेल निर्धारण गर्नेछ। 

फ्रान्सका लागि यसपालि लगातार दोस्रो पल्ट फाइनल पुगेर इतिहास रच्ने मौका छ। उसको मिडफिल्ड र अग्रपंक्ति हेर्दा त्यो सम्भव पनि देखिन्छ। तर, युवा खेलाडीले भरिएको र देशको लागि इतिहास रच्ने अभियानमा रहेको मोरक्को आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रिने पक्का छ। किनभने आज मोरक्कोलाई केही गुमाउनु छैन। उसले सेमिफाइनल पुगेर आफूलाई विश्वको उत्कृष्ट फुटबल राष्ट्रको सूचीमा आफूलाई उभ्याइसकेको छ।

यो पनि पढ्नुहोस

राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान

 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
एमाले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, पुस २५, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्