• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसी: जसले खेललाई कला बनाए

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १८:२३
1140x725

काठमाडौं– कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलअन्तर्गत शुक्रबार स्टार खेलाडी लियोनल मेसीको देश अर्जेन्टिनाले युरोपियन राष्ट्र द नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। राति १२ः४५ बजे हुने उक्त खेलमा धेरैको नजर मेसीमाथि केन्द्रित छ । सुपरस्टार खेलाडी मेसीलाई कसरी रोक्ने भन्नेबारे द नेदरल्याण्ड्सका प्रशिक्षकले रणनीति नै बनाएको सम्म समाचारहरू प्रकाशित भएका छन्। 

यिनै चर्चामा रहेका मेसीको खेल कौशल बारेमा यहाँ हामीले चर्चा गरेका छौं। मेसी यस्ता खेलाडी हुन् जसले खेललाई कलामा परिणत गरिदिएका छन्।

मेसीले मैदानमा देखाउने कलालाई ब्याख्या गर्न उनको खेल बुझ्न जत्तिकै कठिन छ। मेसी  खेललाई रोमाञ्चक रूपमा प्रस्तुत गर्छन्। जितको आधार तयार गर्छन्। मैदानमा विपक्षीलाई समेत प्रभावित पार्न सक्ने क्षमता उनमा देखिन्छ। मैदानमा मेसी  हुनु र नहुनुको फरक दर्शकले नै स्पष्ट देख्छन्। 

फुटबल स्टार मेसीको जन्म सन् १९८७ जुन २४ मा भएको थियो। उनको पूरा नाम लियोनल आन्द्रेस मेसी क्युसिटिनीको हो। बाल्यकाल कठिन रहेका मेसीले स्पेनिस क्लब बार्सिलोनामा स्थान बनाएपछि उनको फुटबल यात्राले उचाइ लिँदै गयो। १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट स्पेन गएका मेसीकाे आजको समयमा पुग्न मेहनत सानो छैन।

Messi may go to another World Cup after Qatar 2022, says Scaloni

त्यही समय युवा मेसीमा खास गुण छ भन्ने बुझेरै बार्सिलोनाले उनीमाथि खर्च गरेको थियो। बार्सिलोनाले त्यो समय नियालेको मेसीको खेल कौशल अहिले विश्वले चिनिरहेको छ। यसैले विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूमा मेसीको नाम छ। 

मेसीको खेलले फुटबलमा नयाँ पुस्ताले उर्जा पाएका छन्। दर्शकहरू खेलको सुन्दर पक्षसँग परिचित भएका छन्। मेसी  अहिलेको कीर्तिमानी खेलाडी हुनुभन्दा अघिदेखि नै उनको प्रभाव विश्व फुटबलमा देखिएकै हो। उदाहरणका लागि अहिलेका चलेका खेलाडीहरू पाउलो डिबाला, थियागो अल्कान्टारा, पोउल पोग्बा, नेमार जस्ता खेलाडीले आफूमाथि मेसीको प्रभाव खुलेर बताइरहेकै हुन्थे। 

मेसीलाई देख्दा लाग्छ उनी चाहेको कुरा पूरा गर्छन्। मैदानमा उनी रहँदा फुटबल खुट्टामा टाँसिएको जस्तो लाग्छ। कलात्मक रुपमा बल बढाउने र गोल गर्ने उनको शैली विश्व फुटबलमा भिन्न छ। उनी स्वयम् गोलकर्ता मात्र देखिँदैनन्, खेलको योजनाकार जस्ता लाग्छन्। यसैले पनि उनी दर्जनौँ कीर्तिमान बनाउन सफल छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मेसीले गरेका गोल, गोलका लागि बनाएका अवसर र व्यक्तिगत अवार्ड र टिमका लागि जितेका सबै उपाधिलाई पन्छाएर हेर्ने हो भने पनि उनको फुटबल कला मात्रैले उनको शैलीमा फुटबल समर्थक मुग्ध हुन सक्छन्। 

यसैले त मेसीले खेललाई कला बनाएका छन्। इंग्ल्याण्डका पूर्वफुटबलर ग्यारी लिनेकरलाई जस्तै फुटबल गहिरिएर हेर्नेहरूलाई लाग्छ, ‘मेसीले कसरी त्यसो गरिरहेका छन्! कतिसम्म भने मेसीको गज्जब कला हेर्न तपाईँ फुटबलकै समर्थक नभए पनि रमाइलो मान्नु हुनेछ।’ 

यस्तो लाग्छ मेसी आफैँ मैदानमा खेलिरहेको खेल पनि उनी आफैले कतै बसेर नियालिरहेका छन्। गोलमा बढ्ने शैली र उनले दिने पासले भिन्न बनिरहेका हुन्छन्। उनको तीब्रताका बीच पनि निर्णय लिने क्षमता अब्बल देखिन्छ। 

यस्ता धेरै कारणहरू छन्, जसले अब केही वर्षमात्र फुटबलमा देखिन सक्ने मेसीको शैलीको सक्दो मज्जा समर्थकले लिनेछन्, लिन पाउने छन्। उनले फुटबल मैदानमा उज्यालो पारेको खुसीलाई महसुस गर्नेछन्। महसुस गर्न पाउने छन्। शंकाहरूलाई गलत तुल्याइरहेका हुनेछन्। देख्न पाउने छन्। 

Xtrem

Xtrem

ला–लिगा इतिहासमै सर्वाधिक गोल र ह्याट्रिक

Leo Messi

स्पेनिस ला–लिगामा दुई सयभन्दा धेरै गोल गर्ने खेलाडी नौजना छन्। ती नौ खेलाडीमा तीन सय गोल कटाउने खेलाडी दुईजना छन्। जसमा चार सय गोल कटाउने खेलाडी एकजना मात्र छन्। यसैले सजिलै तोडिन असम्भव जस्तो लाग्ने ला–लिगामा सर्वाधिक गोलको कीर्तिमान मेसीको नाममा छ। 

ला–लिगामा ३ वर्षमा मेसीले ५ सय २० खेलमा ४ सय ७४ गोल गरेका छन्। जुन उनीपछि रहेका क्रिस्टियानो रोनाल्डोको भन्दा १ सय ६३ गोलले बढी हो। जहाँ रोनाल्डाेकाे खेल संख्या २ सय ९२ रहेको छ। 

एक वर्षमा सर्वाधिक गोल

मेसीको नाममा रहेर तोडिन असम्भव जस्तो लाग्ने अर्को कीर्तिमान एक वर्षमा उनले गरेको गोल संख्या हो। सन् २०१२ मा मेसीले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनी राष्ट्रिय टोलीबाट १२ गोल गरेका थिए। 
जुन वर्ष मेसी को ९१ गोल कीर्तिमानी रह्यो। जुन सन् १९७२ मा जर्ड मुलरले ८५ गोल हानेर बनाएको कीर्तिमान तोडिएको थियो। 

प्रशिक्षक पेप ग्वार्डिओलाको समयमा एक सय अंक बनाएर ला–लिगाको उपाधि जितेको त्यो बेला मेसीको खेलको लय लोभलाग्दो थियो। जुन वर्ष बार्सिलोनाको ७९ गोलमा मेसीले ला–लिगामा ५९, च्याम्पियन्स लिगमा १३, कोपा डेल रेमा ५ र स्पेनिस सुपर कपमा २ गोल गरेका थिए। 

९१ गोल गरेको त्यो वर्ष मेसीले २४ गोलका लागि अवसर बनाएर गोल र असिस्टको संख्या १ सय १५ पुर्याएका थिए। 

बालोन डि’ओर र युरोपियन गोल्डेन बुट

विश्व फुटबलमा व्यक्तिगत रूपमा दिइने अवार्डमा विशेष तवरले हेरिने बालोन डि’ओरमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको प्रतिस्पर्धा जस्तै देखियो। सन् २०१९ मा मेसीले जित्नुअघि दुवै खेलाडीले समान पाँच पटक बालोन डि’ओर जितेका थिए। 

जसमा मेसीले २००९, २०१०, २०११ र २०१२ मा लगातार चार पटकसहित २०१५ र २०१९ मा बालोन डि’ओर जिते। जसले विश्व फुटबलमा उत्कृष्ट खेलाडीको बहस गर्नेहरूका लागि मेसीलाई एक कदमअघि देखाउन तर्क मिल्यो। तर २०१९ र २०२१ मा बोलोन डि‘ओर जितेपछि रोनाल्डो मेसीभन्दा दुई बालोन डि‘ओरले पछि परे।

Ballon d'Or chiefs confirm Messi as winner in 2022, 2023, 2024 and 2025

यस्तै मेसीले युरोपियन फुटबलमा सर्वाधिक गोल्डेन बुट जित्ने कीर्तिमान पनि बनाएका छन्। युरोपियन लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छन्। जसमा मेसी ले २००९–१०, २०११–१२, २०१२–१३ का साथै लगातार तीन पटक २०१६–१७, २०१७–१८ र २०१८–२०१९ मा गोल्डेन बुट जितेका छन्। यसरी मेसीले ६ पटक जितेको गोल्डेन बुट पनि युरोपियन फुटबलमा सर्वाधिक हो। 

मेसीले ६ पटक नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन्न्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। 

ला–लिगा सिजनमा सर्वाधिक गोल

प्रशिक्षक ग्वार्डिओलाको समयमा मेसीलाई अरु कुनै खेलाडीले भेट्छन्जस्तो देखिएको पनि थिएन। बिजुली गतिमा उनको खेलले उचाइ लिइरहेको थियो। 
जहाँ २०११–१२ मा जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको रियल मड्रिडसँग बार्सिलोनाले लिग उपाधि गुमाए पनि मेसीका लागि सम्झनलायक समय रह्यो। त्यो सिजनमा मेसीले ३७ खेलमा नै ५० गोलको आँकडा पूरा गरेका थिए। जुन आफैँमा कीर्तिमान हो। 

चार च्याम्पियन्स लिग 

बार्सिलोनाबाट मेसीले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। च्याम्पियन्स लिगको इतिहासमा समूह चरणका खेलहरूमा सर्वाधिक गोल गर्ने खेलाडी पनि मेसी नै हुन्। उनले च्याम्पियन्स लिग समूह चरणमा ६८ गोल गरेका छन्। 

च्याम्पियन्स लिगको समूह चरणमा मात्रै होइन अन्तिम १६ को खेलमा पनि मेसीले २९ खेलमा २६ गोल गरेका छन्। जुन कीर्तिमानी गोल हो। 

यस्तै च्याम्पियन्स लिगमा मेसी र क्रिस्टियानो रोनाल्डो दुवैको समान आठ ह्याट्रिक रहेको छ। च्याम्पियन्स लिगमा सर्वाधिक गोल हेर्दा मेसी को १ सय २९ गोल रहेको छ, जुन रोनाल्डोको भन्दा ११ गोल कम हो। 

उपाधितर्फ फर्किँदा

मेसीले बार्सिलोनाबाट विभिन्न ३४ तथा समग्रमा ३६ भन्दा बढी उपाधि जितेका छन्। जुन क्लबमा एक खेलाडीले जितेको सर्वाधिक उपाधि हो। यसरी हेर्दा क्लबबाट जित्न मिल्ने सबैजसो उपाधि मेसीले जितेका छन्। 

३४ उपाधिलाई हेर्दा मेसीले १० ला–लिगा, ४ च्याम्पियन्स लिग, ७ कोपा डेल रे, ७ स्पेनिस सुपर कप, ३ फिफा क्लब विश्वकप, ३ युइएफए सुपर कप जितेका छन्।

Lionel Messi wins Ligue 1: Who's won the most league titles in history?

मेसीले लामो समय क्लबबाट राम्रो खेल्ने तर राष्ट्रका लागि उपाधि जित्न नसक्ने आलोचना ब्यहोरिरहेका थिए। तर, २०२१ मा कोपा अमेरिका उपाधि जितेपछि आलोचकहरूको मुख थुनिएको छ। मेसीले अर्जेन्टिनाबाट २००५ मा यू–२० विश्वकपका साथै २००८ को ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। २०१४ को विश्वकपमा गोल्डेन बल जितेका मेसीको खेललाई उपाधिसँग मात्र जोडेर हेर्दा उनीमाथि अन्याय हुनेछ। सिजन २०२१–२२ मा बार्सिलोनाबाट पीएसजी पुगेका मेसीले पीएसजीमा पहिलो सिजन ६ गोल गर्दै लिग वान जितेका थिए। यस सिजन उनले पीएसजीका लागि १३ खेलमा ७ गोल गरिसकेका छन् ।

जारी कतार विश्वकपमा पनि मेसीले उत्कृष्ट प्रर्दशन गरिरहेका छन्। प्लेमेकरको रुपमा चिनिएका मेसीले कतार विश्वकपमा ३ गोल गर्नुका साथै १ असिस्टसमेत गरेका छन्। 

(नेपाल लाइभका लागि ऋग्वेद शर्माले २०७७ असार २० गते लेखेको आलेख पुनः प्रकाशित गरिएको हो।) 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:२३
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्