मुम्बई– अभिनेताहरू चलचित्रका पात्रअनुसार आफूलाई प्रस्तुत गर्छन्। त्यसमा पनि नायकहरू उमेर जतिसुकै पुगे पनि ‘लभर ब्वाइ’कै भूमिकामा देखिन्छन्। वास्तविक जीवनमा पनि उनी फातिमा सना शेखसँग प्रेममा छन्।
पर्दामा नायकहरूको वास्तविक उमेर झल्किँदैन। अन्य समय पनि ‘स्टारडम’ कायम राख्न सकेसम्म आफूलाई ‘मेन्टेन’ गर्छन्। ५७ वर्षीय बलिउड स्टार आमिर खानले पर्दामा अनेक रूपरङमा आफूलाई प्रस्तुत गरिरहेका छन्।
.jpg)
उनको वास्तविक उमेर दर्शाउने तस्बिर भर्खरै सार्वजनिक भएका छन्। आफ्नो कार्यालयमा कलश पूजा गर्ने क्रममा खिचिएका तस्बिरहरूमा उनी फरक देखिएका छन्।
सेताम्य दाह्रीसहित टोपी र गम्छामा रहेका आमिरलाई एक झलकमा पहिल्याउन मुश्किल पर्ने देखिन्छ। उनको उक्त ‘लुक्स’लाई लिएर कतिले शक्ति कपुरसँग दाँजेका छन् भने कतिले दक्षिण भारतीय कलाकार जगपति बाबु भनेका छन्।
.jpg)
ती तस्बिरहरू उनको चलचित्र लाल सिंह चड्डा’का निर्देशक अद्वैत चन्दनले सार्वजनिक गरेका हुन्। तस्बिरमा उनकी श्रीमती किरण पनि देखिएकी छिन्। जोसँग गतवर्ष मात्रै आमिरले सम्बन्ध विच्छेदको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।