काठमाडौं– बलिउड फिल्म क्षेत्रमा आलोचकका रुपमा चिनिने कमल आर खानले शाहरुख खानको फिल्म ‘पठान’को नाम बदलेर ‘देशद्रोही २’ राख्न सुझाव दिएका छन्।
केआरकेले शाहरुखले कमब्याक गर्न लागेको फिल्म ‘पठान’लाई यसअघि नै ‘फ्लप’ हुने घोषणा गरेका थिए।
उनले भनेका छन् कि यदि शाहरुख स्टारर फिल्म बक्स अफिसमा फ्लप भएन भने उनले फिल्महरूको समीक्षा गर्न बन्द गर्नेछन्।
केआरकेको भविष्यवाणी सही हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी छ।
आफ्नो नयाँ ट्वीटमा केआरकेले शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’का निर्माता आदित्य चोपडालाई फिल्मको शीर्षक परिवर्तन गर्न सुझाव दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।