काठमाडौं– लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा पनि पढ्न पाइने भएको छ।
लेखक सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको पुस्तक बुधबार मण्डला थिएटरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा सार्वजनिक भएको हो।
डेढ दशकअघिअघि प्रकाशित उक्त उपन्यासलाई रंग निर्देशक विमल सुवेदीले नाटकको स्वरुप दिएका थिए।
नाटकका निर्देशक सुवेदी, किताबको प्रकाश नेपालय, लेखक सुरज सुवेदी र नाटकका कलाकारले पुस्तक विमोचन गरेका थिए।
किताब विमोचनपछि ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ? किन लेखिन्छ?’ शीर्षकमा छलफल भएको थियो।
निर्देशक विमल सुवेदी, दिया मास्के र लेखक उपेन्द्र सुब्बाले कुराकानी गरेका थिए भने पत्रकार बसन्त बस्नेतको सहजीकरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।