काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनमा अपेक्षा अनुसारको नतिजा नआएको बताएका छन्।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि प्रमाणपत्र लिन गोरखा पुगेका प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन्।
‘यो निर्वाचनमा जे भए पनि परिणामत सुखद भएकै छ। सबै हाम्रा उम्मेदवारहरु विजयी हुनु भएको छ। त्यसकारण परिणाम सुखदै भन्ने छ,’ प्रचण्डले भने,‘तर हाम्रो अपेक्षाअनुसार जसरी परिणाम भन्ने थियो त्यस्तो अलि भएन भन्ने छ। नसोचेको, नसोचेको के–के कुरा भए भन्ने पनि छ।’
प्रचण्डले दलहरु सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।