काठमाडौं– ब्राजिलका युवा स्ट्राइकर रिकार्लिसनले ११ मिनेटभित्र दुई गोल गर्दै आफ्नो देशको जितलाई लगभग सुनिश्चित पारेका छन्। उनले पहिलो गोल ६२ मिनेटमा गरेका थिए। दोस्रो गोल उनले उत्कृष्ट ढंगले ७३ मिनेटमा गरे।
उनको ब्राजिलका लागि ७ खेलमा यो नवौं गोल हो।
उनले आफ्नो डेब्यु विश्वकपकाे खेलमै २ गाेल गरेका हुन्। २५ वर्षीय यी युवाले डेब्यु खेलमा २ गाेल गर्ने नेइमारको कीर्तिमानलाई बराबरी गरेका छन्। नेइमारले पनि सन् २०१४ काे विश्वकपमा डेब्यु खेलमा २ गाेल गरेका थिए।
पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई विश्वकप प्रतियोगिताअन्तर्गत पहिलो हाफको खेलमा सर्बियाले गोलरहित बराबरीमा रोकेको छ।
समूह ‘जी’ अन्तर्गतको खेलमा यी दुई टोलीबीच पहिलो भिड्न्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।