Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मतदाताले तपाईंको विकल्प छैन भन्नुभएको छ : सञ्जय गौतम [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  २१:१६
1140x725

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम वर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार छन्। उनी विसं २०७४ सालमा पनि उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। पाँच वर्षअघि उनी बाम गठबन्धन हुदाँ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।

यस पटक उनले प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट लक्ष्मणलाल ज्ञवाली र जसपाबाट रेशमबहादुर खत्रीलाई प्रतिस्पर्धीको रुपमा पाएका छन्। उनलाई सत्ता गठबन्धनको माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र लोसपाले सर्मथन गरेको छ। निर्वाचनको प्रचारप्रसारका क्रममा मतदाताको घर आँगन घुमिरहेका गौतमसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं मतदाताको घर-घर पुग्नुभयो। मतदाताको आशा  र गुनासा के रहेछन्? 
मतदाताहरू कोही निराश भने देखिन्छन। विगतको जस्तो उत्साह देखिँदैन। तर जनता पूर्ण रुपमा असन्तुष्ट भने छैनन्। जनता मप्रति होइन आम रुपमा उदासिन भएका छन्।

जनतालाई हामीले घर दैलोमा पुगेर आफ्ना कुरा बुझाएपछि उत्साही पाएका छौँ। मैले व्यक्तिगत रुपमा घरदैलो गर्दा हौसला पाइरहेको छु। मलाई माया नै दिएका छन्। जनताले मलाई विश्वास गरेका छन्। जनताको मनमा मेरो लागि स्थान रहेछ भन्ने हौसला मैले पाएको छु। 

अघिल्लो पटक २०७४ सालको निर्वाचनमा पनि तपाईं ‘हेविवेट’ प्रतिस्पर्धाबाट चयन भएर आउनुभएको थियो। तर यसरी चयन भएर आउँदा पनि प्रभावकारी काम गर्न नसकेको गुनासो आम मतदाताको देखिन्छ नि? विगतमा  सञ्जय गौतमलाई माया गरेर जिताएर पठाउनु भएको थियो। तर तत्कालीन समयमा नेपाली कांग्रेस अल्पमतमा थियो। हामी लामो समय प्रतिपक्षमा थियौँ। बाम गठबन्धनको नेकपा सरकारमा थियो। सरकारमा नबसेका कारण हामीले सोचेजति काम गर्ने अवसर पाएनौँ। सांसदको रुपमा धेरै गर्न सकिने अवस्था थिएन। मन्त्री हुने अवसर नपाएका कारण जनताको अपेक्षाअनुसार काम गर्न चाहेर पनि नपाएको कुरा सत्य हो।

नेकपाको दुई तिहाइ सरकार हुदाँ सांसदको मात्र भूमिका थियो, त्यो भूमिका मैले न्याय गर्ने कोसिस भरपूर मात्रामा गरेको छु। जनताले त्यसको मूल्यांकन पनि गरेका छन्। त्यस्तै अबको निर्वाचन त्यो भन्दा फरक छ। हामी गठबन्धन बनाएर निर्वाचनको मैदानमा छाँै। हामी बहुमत ल्याउँदै सरकार बनाउँछौ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको चाहनाअनुसार धेरै काम गर्न सकिन्छ। मेरो पनि अब अर्कै भुमिका हुन्छ, अनि यहाँको कुरा सम्बोधन गर्न सकिन्छ। 

मतदाताका कस्ता गुनासो पाउनु भएको छ?
सांसद भनेको गुनासो गर्ने सबैको साझा बिन्दु हुने रहेछ। पञ्चायतकालदेखि नै गणतन्त्रसम्मका अनुभव हेर्दा तीन तहको सरकार अहिले छ। मतदातासबैै गुनासो सासदलाई सुनाउने गर्छन्। वडाअध्यक्षको गुनासो पनि सांसदलाई, गाउँपालिका अध्यक्षको गुनासो पनि सांसदलाई र कानुनदेखि विकाससम्मका कुरा सांसदलाई सुनाउने हुँदो रहेछ। सरकार कसको छ भनेर मतदाताले हेर्दैनन्।

उनीहरूले विकास किन भएन र मेरो क्षेत्रमा किन काम भएन भनेर हेर्ने गरेको देखिन्छ। मैले आफ्नो क्षेत्रमा अलग्गै खालको अनुभव पनि संगालेको छु। सांसदको इमेज अलग्गै खासको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मतदाताले के भनेर आशा राखेका छन्?
वर्दियाको समृिद्ध र संविधानको रक्षाका लागि काम गर्नुपर्छ भनेर मतदाताले सन्देश दिनुभएको छ। यत्रो दुख गरेर हामीले संविधान बनायौँ तर एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अपदस्थ गर्न खोज।े तपाईँहरूले बचाउनुभयो त्यसैले  राम्रोसँग काम गर्नुपर्छ भनेर अधिकांश स्थानमा सुझाव पाएको छु। जनता निराशातिर जान लागेकाले काम गर्नुपर्छ है भनेर उनीहरूको सुझाव र अपेक्षा पाएको छु।

तपाईंले आफ्नो प्रतिस्पर्धीलाई कसरी हेर्नु भएको छ? 
निर्वाचनमा होमिएपछि प्रतिस्पर्धा हुन्छ। सबै उम्मेदवारहरू प्रतिस्पर्धा गर्ने भनेर नै मैदानमा आउनु भएको हो। मैले आफ्नो प्रतिस्पर्धीलाई पनि त्यही रुपमा लिएको छु। नेकपा एमाले लगायत अन्य उम्मेदवारहरूलाई उच्च सम्मान गर्दै हामी निर्वाचमा छौँ। हामीले आफ्ना एजेण्डा मतदातासमक्ष राखेका छौँ।

मेरा प्रतिस्पर्धीले पनि आफ्ना एजेण्डा भन्नुभएको होला। आफूलाई सच्याउनुपर्ने पनि आवश्यकता हुन सक्छ। जनताले आफू निकट र आफ्नो गुनासो सुन्ने व्यक्ति खोज्दो रहेछ। उनीहरूले यही कुरा मलाई भन्नुभएको छ। मतदातालाई यत्तिले पनि पुगेको छैन। अझै केही गर्दियोस् र यसले चाहे गर्न सक्छ भनेर अपेक्षा राख्नुभएको छ। मसँग जनताको भरोशा र अपेक्षा धेरै भएको पाएको छु। जुन मेरा लागि पनि जिम्मेवारी बोझ गर्दै उत्तरदायी हुने अवसर हो। 

तपाईंलाई नै किन मत दिने त? 
यो प्रश्न राम्रो हो। चुनावी मैदानमा धेरै उम्मेदवार छन् तर म नै किन भन्दा मतदाताले राखेको अपेक्षा पूरा गर्न हो।

Xtrem

Xtrem

मतदाता समक्ष पुग्दा उहाँहरूले पनि तपाईंको विकल्प छैन भन्नुभएको छ। यो मेरो लागि विश्वास पनि हो। मैले यो आर्जन गरेको रहेछु। मतदाताले अघिल्लो पटक तपाईँ सांसद हुनुभयो तर सरकारमा जानुभएन तर हाम्रा लागि आवाज उठाउन पछि पर्नुभएन भनेर भन्नु भएको छ।

तपाईंको पार्टी पनि सरकारमा नभएकाले चाहे जति काम गर्न पाउनु भएन। यसपटक गठबन्धन छ। सरकार बनाउने पनि सम्भावना भएकाले तपाईंले जितेर जानुपर्छ अनि यस क्षेत्रको समृद्धि र विकासका लागि काम गर्नुपर्छ भनेर जनताले भन्नुभएको छ। उहाँहरूको यो आशा र विश्वास मर्न दिने छैन। 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  २१:१६
  • #चुनाव २०७९
  • #सञ्जय गौतम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु बिहीबार, असोज २२, २०८३
काँग्रेस महाधिवेशनमा मतदानको समय पुनः परिवर्तन, दिउँसो २ बजेबाट सुरु गर्ने तयारी बिहीबार, असोज २२, २०८३
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्