• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मतदाताले तपाईंको विकल्प छैन भन्नुभएको छ : सञ्जय गौतम [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  २१:१६
1140x725

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम वर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार छन्। उनी विसं २०७४ सालमा पनि उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। पाँच वर्षअघि उनी बाम गठबन्धन हुदाँ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।

यस पटक उनले प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट लक्ष्मणलाल ज्ञवाली र जसपाबाट रेशमबहादुर खत्रीलाई प्रतिस्पर्धीको रुपमा पाएका छन्। उनलाई सत्ता गठबन्धनको माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र लोसपाले सर्मथन गरेको छ। निर्वाचनको प्रचारप्रसारका क्रममा मतदाताको घर आँगन घुमिरहेका गौतमसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं मतदाताको घर-घर पुग्नुभयो। मतदाताको आशा  र गुनासा के रहेछन्? 
मतदाताहरू कोही निराश भने देखिन्छन। विगतको जस्तो उत्साह देखिँदैन। तर जनता पूर्ण रुपमा असन्तुष्ट भने छैनन्। जनता मप्रति होइन आम रुपमा उदासिन भएका छन्।

जनतालाई हामीले घर दैलोमा पुगेर आफ्ना कुरा बुझाएपछि उत्साही पाएका छौँ। मैले व्यक्तिगत रुपमा घरदैलो गर्दा हौसला पाइरहेको छु। मलाई माया नै दिएका छन्। जनताले मलाई विश्वास गरेका छन्। जनताको मनमा मेरो लागि स्थान रहेछ भन्ने हौसला मैले पाएको छु। 

अघिल्लो पटक २०७४ सालको निर्वाचनमा पनि तपाईं ‘हेविवेट’ प्रतिस्पर्धाबाट चयन भएर आउनुभएको थियो। तर यसरी चयन भएर आउँदा पनि प्रभावकारी काम गर्न नसकेको गुनासो आम मतदाताको देखिन्छ नि? विगतमा  सञ्जय गौतमलाई माया गरेर जिताएर पठाउनु भएको थियो। तर तत्कालीन समयमा नेपाली कांग्रेस अल्पमतमा थियो। हामी लामो समय प्रतिपक्षमा थियौँ। बाम गठबन्धनको नेकपा सरकारमा थियो। सरकारमा नबसेका कारण हामीले सोचेजति काम गर्ने अवसर पाएनौँ। सांसदको रुपमा धेरै गर्न सकिने अवस्था थिएन। मन्त्री हुने अवसर नपाएका कारण जनताको अपेक्षाअनुसार काम गर्न चाहेर पनि नपाएको कुरा सत्य हो।

नेकपाको दुई तिहाइ सरकार हुदाँ सांसदको मात्र भूमिका थियो, त्यो भूमिका मैले न्याय गर्ने कोसिस भरपूर मात्रामा गरेको छु। जनताले त्यसको मूल्यांकन पनि गरेका छन्। त्यस्तै अबको निर्वाचन त्यो भन्दा फरक छ। हामी गठबन्धन बनाएर निर्वाचनको मैदानमा छाँै। हामी बहुमत ल्याउँदै सरकार बनाउँछौ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको चाहनाअनुसार धेरै काम गर्न सकिन्छ। मेरो पनि अब अर्कै भुमिका हुन्छ, अनि यहाँको कुरा सम्बोधन गर्न सकिन्छ। 

मतदाताका कस्ता गुनासो पाउनु भएको छ?
सांसद भनेको गुनासो गर्ने सबैको साझा बिन्दु हुने रहेछ। पञ्चायतकालदेखि नै गणतन्त्रसम्मका अनुभव हेर्दा तीन तहको सरकार अहिले छ। मतदातासबैै गुनासो सासदलाई सुनाउने गर्छन्। वडाअध्यक्षको गुनासो पनि सांसदलाई, गाउँपालिका अध्यक्षको गुनासो पनि सांसदलाई र कानुनदेखि विकाससम्मका कुरा सांसदलाई सुनाउने हुँदो रहेछ। सरकार कसको छ भनेर मतदाताले हेर्दैनन्।

उनीहरूले विकास किन भएन र मेरो क्षेत्रमा किन काम भएन भनेर हेर्ने गरेको देखिन्छ। मैले आफ्नो क्षेत्रमा अलग्गै खालको अनुभव पनि संगालेको छु। सांसदको इमेज अलग्गै खासको पाइएको छ। 

Ncell 2
Ncell 2

मतदाताले के भनेर आशा राखेका छन्?
वर्दियाको समृिद्ध र संविधानको रक्षाका लागि काम गर्नुपर्छ भनेर मतदाताले सन्देश दिनुभएको छ। यत्रो दुख गरेर हामीले संविधान बनायौँ तर एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अपदस्थ गर्न खोज।े तपाईँहरूले बचाउनुभयो त्यसैले  राम्रोसँग काम गर्नुपर्छ भनेर अधिकांश स्थानमा सुझाव पाएको छु। जनता निराशातिर जान लागेकाले काम गर्नुपर्छ है भनेर उनीहरूको सुझाव र अपेक्षा पाएको छु।

तपाईंले आफ्नो प्रतिस्पर्धीलाई कसरी हेर्नु भएको छ? 
निर्वाचनमा होमिएपछि प्रतिस्पर्धा हुन्छ। सबै उम्मेदवारहरू प्रतिस्पर्धा गर्ने भनेर नै मैदानमा आउनु भएको हो। मैले आफ्नो प्रतिस्पर्धीलाई पनि त्यही रुपमा लिएको छु। नेकपा एमाले लगायत अन्य उम्मेदवारहरूलाई उच्च सम्मान गर्दै हामी निर्वाचमा छौँ। हामीले आफ्ना एजेण्डा मतदातासमक्ष राखेका छौँ।

मेरा प्रतिस्पर्धीले पनि आफ्ना एजेण्डा भन्नुभएको होला। आफूलाई सच्याउनुपर्ने पनि आवश्यकता हुन सक्छ। जनताले आफू निकट र आफ्नो गुनासो सुन्ने व्यक्ति खोज्दो रहेछ। उनीहरूले यही कुरा मलाई भन्नुभएको छ। मतदातालाई यत्तिले पनि पुगेको छैन। अझै केही गर्दियोस् र यसले चाहे गर्न सक्छ भनेर अपेक्षा राख्नुभएको छ। मसँग जनताको भरोशा र अपेक्षा धेरै भएको पाएको छु। जुन मेरा लागि पनि जिम्मेवारी बोझ गर्दै उत्तरदायी हुने अवसर हो। 

तपाईंलाई नै किन मत दिने त? 
यो प्रश्न राम्रो हो। चुनावी मैदानमा धेरै उम्मेदवार छन् तर म नै किन भन्दा मतदाताले राखेको अपेक्षा पूरा गर्न हो।

मतदाता समक्ष पुग्दा उहाँहरूले पनि तपाईंको विकल्प छैन भन्नुभएको छ। यो मेरो लागि विश्वास पनि हो। मैले यो आर्जन गरेको रहेछु। मतदाताले अघिल्लो पटक तपाईँ सांसद हुनुभयो तर सरकारमा जानुभएन तर हाम्रा लागि आवाज उठाउन पछि पर्नुभएन भनेर भन्नु भएको छ।

तपाईंको पार्टी पनि सरकारमा नभएकाले चाहे जति काम गर्न पाउनु भएन। यसपटक गठबन्धन छ। सरकार बनाउने पनि सम्भावना भएकाले तपाईंले जितेर जानुपर्छ अनि यस क्षेत्रको समृद्धि र विकासका लागि काम गर्नुपर्छ भनेर जनताले भन्नुभएको छ। उहाँहरूको यो आशा र विश्वास मर्न दिने छैन। 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  २१:१६
  • #चुनाव २०७९
  • #सञ्जय गौतम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्