• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
नवलपरासी (पश्चिम)- १ स्थलगत :

चौधरी ट्रयाक्टरले खेत जोत्न थालेपछि कमजोर बनेको हृदयेशको कोदालो

डिबी खड्का/नारायण अधिकारी सोमबार, कात्तिक २८, २०७९  १६:४२
1140x725

नवलपरासी- यो निर्वाचन क्षेत्रबाट हृदयेश त्रिपाठी लामो समयदेखि जित्दै आएका छन्। त्रिपाठीले निरन्तर दल बदलिरहे,  स्थानीयले जनप्रतिनिधि भने अहिलेसम्म बदलेका छैनन्।

अघिल्लो पटक एमालेको सूर्य चिह्न लिएर नवलपरासी (पश्चिम)- १ बाट निर्वाचित भएर मन्त्री समेत भएका त्रिपाठी यस पल्ट आफ्नै जनता प्रगतिशील पार्टी खोलेर अध्यक्ष छन्।

एमालेको समर्थनमा कोदालो बोकेको मान्छे चुनाव चिह्न लिएर मैदानमा छन् उनी। किसानको बाहुल्य रहेको यो क्षेत्रमा कोदालोले यसपल्ट खेत खन्ने सम्भावना भने कमजोर छ। बरु अहिले ट्रयाक्टर चलाएको तस्बिर पोस्ट गरिरहेका रुख चिह्नधारी चर्चित उद्योगपति विनोद चौधरीको सम्भावना बलियो बनेको छ।

चौधरीको प्रचार आक्रामक छ र प्रभावकारी पनि बन्दै गइरहेको छ। चौधरीले देखाएका सपनाबाट स्थानीयहरु एक पल्ट भोट दिइहेर्ने मनसायमा पुगेका छन्। 

स्थानीय एक स्कुलमा सेक्युरिटी गार्डको काम गर्ने गोपीगञ्जका रामलखन केवट गाउँघरमा चौधरीलाई एक पल्ट हेर्ने कुरा चलिरहेको बताउँछन्। उनी भनी भन्छन्, 'हृदेयशलाई २०४८ सालदेखि जिताएकै हो। ८ पल्ट मन्त्री भए तर यहाँका लागि खासै केही भएन। एक पल्ट चौधरीलाई हेर्ने कुरा गाउँघरमा चलिरहेको छ।' 

315375531_684616363227335_2981009728854488618_n1668422524.jpg

कांग्रेस कार्यकर्ताले भनेझैं 'विश्वचर्चित चौधरीले कायापलट' गरिहाल्ने आशा उनले गरेका छैनन्। तर उनलाई लाग्छ, 'यत्रो वर्ष त्रिपाठीले केही नगर्दा त भयो। अब एक पल्ट चौधरीले गरेनन् भने के फरक पर्छ?'

उक्त निर्वाचन क्षेत्रमा डुल्ने क्रममा धानको बिस्कुन उठाइरहेको अवस्थामा भेटिए देवनारायण चौधरी। पूर्व 'हरहवा' को सन्तान उनले यसअघि त्रिपाठीलाई मतदान गरेका हुन्। तर यस पल्ट उनलाई 'नेताजी' प्रति त्यति रुचि छैन। त्यसैले उनको गाउँ नजिकै चलिरहेको अर्का उम्मेदवार चौधरीका कुरा सुन्न श्रीमतीलाई पठाएका रहेछन्। यस पल्ट उनको चौधरीप्रति चाख छ। उनी भन्छन्, 'सधैं एउटैलाई दियौं। अब अर्कोलाई पनि दिएर हेर्नुपर्छ। नयाँ नेताका कुरा सुन्न श्रीमती गएकी छिन्।'

Ncell 2
Ncell 2
nimb
nimb

कृषकहरुको बाहुल्य रहेको उक्त क्षेत्रमा हृदेयशले त्यही भावना महसुस गराउन कोदालो बोकिरहेको किसान चुनाव चिह्न लिए। केही दिनअघि ट्रयाक्टर चलाइरहेको फोटो सुट गर्दै चौधरीले ट्विटरमा लेखे, 'बाटोमा जन्मिएर, माटोमा हुर्किने किसान हाम्रो अन्नदाता हुनुहुन्छ। अत्याधुनिक प्रविधि सहितको कृषिमा आधुनिकीकरण अनि व्यावसायिकता हाम्रो पहिलो प्राथमिकतामा रहनेछ।'

तीस दिनमा समस्या समाधान 
चौधरी अहिले घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा धेरैले टिपाउने समस्या हुन्- सडक, शिक्षा, स्वास्थ्य र नागरिकता। चौधरी सबै समस्याको समाधान गर्न आफू अघि सरेको आश्वासन दिन्छन्। तर उनका प्रचारक त्यसभन्दा अघि बढेर जितेको तीस दिनमा भएजति समस्या समाधान हुने आश्वासन बाँडिरहेका छन्।

उनको निर्वाचन क्षेत्रको दक्षिणी भागमा पर्ने प्रतापपुर- ९ की किरणदेवी गुप्ताले यी सबै समस्या जितेको ३० दिनमै पूरा गरिने चौधरीको समूहले आफूहरुलाई बताएको उल्लेख गरिन्। उनले भनिन्, 'यहाँको सडक ३० दिनमै फराकिलो बनाउने भन्नुभएको छ। नागरिकता नपाएकालाई ३५ दिनभित्र दिने भन्नुभएको छ। स्कुल सुधार गर्ने भन्नुभएको छ।'

आफूलाई प्रमाणित गरिसकेका उनको भनाइलाई नपत्याउन स्थानीयको मनले दिएको छैन। उनले थपिन्, 'भनेपछि गर्लान्।' यसअघि किरणदेवीले हृदयेशलाई सघाएकाले यस पल्ट पनि उनले अपेक्षा गरेका छन्। केही दिनअघि आएर हृदयेशले भनेर गएका छन्, 'तपाईंले यो क्षेत्र सम्हालिदिनुपर्छ 'नेताइन्'।' 

Xtrem

Xtrem

315492459_894356171512102_8688043216859334513_n1668422524.jpg

चौधरीले अहिले स्थानीय नेता-कार्यकर्तालाई टोलटोलमा खटाएका छन्। उनीहरुको काम प्रचार होइन, समस्या टिप्ने हो। उनीहरु जनताकहाँ पुग्छन् र समस्याहरु टिप्छन्। 

बर्दघाटमा भेटिएका श्यामकुमार पौडेलले आफ्ना समस्या टिप्न आउनेलाई लेखिपठाएको बताए। घर अगाडिको बाटो पिच उप्किएको र छोरा बेरोजगार भएको कुरा उनले टिपाएका छन्। उनले भने,  'ठूला उद्योगपति हुन्। सरकारले बजेट नदिए यति जाबो त आफैं पनि गर्न सक्छन् भनेर गएका छन्,  टिप्न आउने भाइहरुले। 

उनले गर्ने सभा-सम्मेलनमा समेत समस्या टिप्न युवा परिचालन गर्छन्। केही दिनअघि हामी नवलपरासीको प्रतापपुर पुग्दा त्रिभुवन माध्यमिक विद्यालय अगाडि चौधरीको सभा चलिरहेको थियो। 

सभा सुरु हुनेबित्तिकै उद्घोषकले तरुण दलका कार्यकर्तालाई निर्देशन दिए- तरुण साथीहरु, तपाईंहरु यहाँ आउनुभएका जनताका समस्या संकलन गरेर हामीकहाँ पुर्याउन परिचालित हुनुहोस्। तरुणहरु हुर्रर गए। कति साँच्चिकै काममा लागे। कति खिस्किए।

चौधरीले सुस्तामा उद्योग खोल्ने तयारी समेत गरेको स्थानीय कार्यकर्ता बताउँछन्। केही दिनअघि शिलान्यास गर्ने प्रयास गरेका थिए। तर हृदयेशका कार्यकर्ताले सफल हुन दिएनन्। उक्त अवरोधको लाभ पनि चौधरीलाई नै हुने देखिन्छ।  उक्त क्षेत्रमा उद्योग खोलेर स्थानीय बेरोजगार युवालाई रोजगारी दिने उनको आश्वासनले युवामा तरङ्ग सिर्जना गरेको छ। प्रचारमा खटेर 'रोजगार ग्यारेन्टी' गर्नेको होडबाजी देख्न पाइन्छ।

आक्रामक प्रचार, कर्पोरेट मार्केटिङको झल्को
विनोद चौधरी उद्योग व्यवसायमा सफल छन्। उत्पादन र कर्पोरेट मार्केटिङमा सफलता हासिल गरेर राजनीतिमा होमिएका चौधरी त्यही अनुभव चुनावी मैदानमा प्रयोग गरिरहेका छन्। उद्योग व्यवसायमा ब्रान्डलाई स्थापित गर्न अपनाइने सबै शैली चौधरीले चुनाव प्रचार-प्रसारका क्रममा अपनाएको उनको निर्वाचन क्षेत्रमा पुगेपछि देख्न पाइन्छ।

नवलपरासी-१ का कुनाकाप्चा पुगिरहेका उनले प्रचार सामग्री त्यही अनुसार बनाएका छन्। आफ्नो प्रतिबद्धतापत्र, भिजिटिङ कार्ड र दृष्टिकोणपत्र उनले हरेक ठाउँ पुर्‍याएका छन्। 

निर्वाचन आचारसंहिताले टिसर्ट र टोपी चुनावी प्रचारमा प्रयोग गर्न रोक लगाएको छ। चौधरीले टिसर्टको सट्टा ज्याकेट बनाइदिएका छन्। हरेक गाउँका युवामाझ ती ज्याकेट पुगेका छन्। ज्याकेटमा रुख चिह्न भने छैन। छातीमा कांग्रेसको चारतारे झन्डा छ भने पछाडि तरुण दल लेखिएको छ। उस्तै प्रकारका ती ज्याकेटहरुले चौधरीको प्रचार समूह भन्ने चाहिँ प्रष्टै छुट्याउँछ। 

ब्याचदेखि चाबीका रिङसम्म कांग्रेस झल्किनेगरी बनाइएका छन्। ती जताततै बाँडिएका छन्। भिजिटिङ कार्ड हरेक मतदाताका हातमा पुग्नेगरी बाँडिदैछन्। आफू किन राजनीतिमा आइपुगेको भन्ने अर्थ्याउने गरी लेखिएको 'बुकलेट' पनि छ्यापछ्याप्ती छ।

315242527_1354644665305282_6762551547764800447_n1668422524.jpg

चौधरीलाई स्थानीयमाझ परिचय गराउने र माइकिङबाट भोट माग्न प्रयोग गरिने शब्द हो, विश्वचर्चित व्यक्तित्व। हामी त्यहाँ पग्दा माइकिङ भइरहेको थियो, 'पेड चिह्नमा छाप लगाएर विश्वचर्चित व्यक्तित्वलाई निर्वाचित गर्ने अवसर नगुमाऔं।'

चौधरीलाई सघाउने स्थानीय कार्यकर्ताहरु पनि खुसी देखिन्छन्। किनभने, चुनावका लागि खट्दा उनीहरुलाई चाहिने पेट्रोलदेखि खाने प्रबन्धसम्म राम्रो रहेको उनीहरु बताउँछन्। हामी उक्त क्षेत्रमा पुग्दा एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा र ज्याकेट लगाएर तेल हाल्नेहरुको लाइन थियो। तरुण दलका निश्चित व्यक्तिले कुपन दिएपछि मोटरसाइकलमा हरदिन पाँच लिटरसम्म तेल नि:शुल्क पाउने प्रबन्ध मिलाइएको त्यही लाइनमा रहेका एकले जानकारी दिए।

भारतीय नम्बर प्लेटका मोटरसाइकलमा स्थानीय कार्यकर्तालाई गाउँ-गाउँ हुइँकिन संकोच नलाग्ने गरी बन्दोबस्त गरिएको त्यसबाट बुझ्न सकिन्छ।

चौधरीले 'गोद लिने' दाबी
स्थानीयसँग कुरा गर्दागर्दै हामी चौधरीको सभामा पुग्यौं। जहाँ स्थानीय नेता बोल्ने क्रम चलिरहेको थियो। 

भर्खरै कांग्रेस प्रवेश गरेका छविलाल हरिजनले चौधरीप्रति निकै आशा र विश्वास रहेको बताए। उनले त्यसभन्दा अगाडि बढ्दै भने,  'जसरी भारतलाई नरेन्द्र मोदीले गोद लिए,  त्यसरी नै विनोद चौधरी यो क्षेत्रलाई गोदमा लिँदै हुनुहुन्छ।'

त्यसअघि बोलेका प्रतापपुरका कांग्रेस सभापति राजु अधिकारीले ३० वर्षदेखि पछि परेको क्षेत्रले विकासको हँसिलो घाम देख्न चौधरीको जित जरुरी भएको बताए। मुस्लिम समुदायका नेता करिम हुसेनले आकर्षक सायरीसहित उनकै कुरामा हो मिलाए। 

त्यसपछि महिलाको प्रतिनिधित्व गर्दै बोलेकी मनकुमारी चौधरीले प्रश्न गरिन्, 'परिवर्तन गर्ने कि नगर्ने?'

उनले थप्दै गइन्, 'चौधरीले जितेपछि यहीँ बढिया कलेज खुल्छ। सुरक्षित सुत्केरीका लागि भैरहवा र बुटवल धाइरहन पर्दैन। यहीँ अप्रेसनबाट बच्चा जन्माउन पाइन्छ।'

वक्ताहरुको सूची जति बढ्दै गयो, आश्वासन त्यति नै बढ्दै गयो। कतिले चौधरी उद्योगपति भएका कारण 'घमण्डी' होलान् भन्ठानेको तर सरल पाएको बताए। कतिले विकासको हुटहुटीले चौधरीलाई यो क्षेत्रमा ल्याइपुर्‍याएको दावी गरे। 

कात्तिकको अन्तिम साता भए पनि त्यहाँ सामान्यतया गर्मी थियो। सभामै चौधरीका लागि फ्यानको व्यवस्था भयो। उनलाई उखरमाउलो त गर्मीका कारण मात्रै होइन, वक्ताहरुले आफूलाई लिएर गरेको 'बढाइचढाइ' का कारण पनि भइरहेको हुनुपर्छ!

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १६:४२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्