गुल्मी– मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मी जिल्लामा २ हजार ५०० बढी सुरक्षाकर्मी खटिएका छन्। जिल्लामा रहेका विभिन्न निर्वाचन क्षेत्रमा १ हजार ४ सय ६८ म्यादी प्रहरी, ७ सय नेपाल प्रहरी र शसस्त्र प्रहरी र नेपाली सेना समेत गरी २ हजार ५०० बढी सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले जानकारी दिए।
‘निर्वाचनका लागि जिल्लामा आवश्यक सरक्षा व्यावस्था मिलाइएको छ। मतदाताले आफ्नो मतदान केन्द्रमा पुगेर ढुक्कले मतदान गर्न सक्नेछन्,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने।
जिल्लाभर भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको प्रजिअ पौडेलले बताए।
कसैलाई सुरक्षा चुनौतीको महसुस भए तत्काल खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे। प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा २७८ वटा मतदान केन्द्र रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।