काठमाडौं– न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ।
अष्ट्रेलियामा जारी प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवश गरेको हो।
न्युजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तान मात्र ३ विकेटको क्षतिमा ५ बल बाँकी छँदै पूरा गर्यो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५७ रन बनाए। यस्तै, कप्तान बाबर आजमले पनि अर्धसतक नै बनाउँदै ५३ रन जोडे।
यसैगरी, मोहम्मद हरिसले ३० तथा हान मशुदले ३ रन जोडेपछि पाकिस्तानको जित सुनिश्चित भयो।
न्युजिल्याण्डका ट्रेन्ट बोल्डले २ तथा मिचेल सान्टनरले १ विकेट लिए।
यसअघि, सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको छ।
न्युजिल्याण्डका लागि ड्रायल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले अविजित रहँदै अर्धसतकीय पारी खेलेका थिए।
यस्तै, कप्तान केन विलियम्सनले ४६ तथा डेभोन कन्वेले २१ रन बनाए । यसैगरी, अविजित रहेका जेम्स निसमले १६ रनको योगदान दिए।
पाकिस्तानमा शाहिन अफ्रिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिएका थिए।
दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबीच बिहीबार हुनेछ।
यी दुईबीचको विजेतासँग पाकिस्तानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नोभेम्बर १३ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।