काठमाडौं– टी–२० क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेल अहिले अष्ट्रेलियामा जारी छ। यसैबीच, न्युजिल्याण्ड र पाकिस्तानबीच भइरहेको खेलको पहिलो इनिङ्स सकिएको छ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको छ।
न्युजिल्याण्डका लागि ड्रायल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले अविजित रहँदै अर्धसतकीय पारी खेलेका हुन्।
यस्तै, कप्तान केन विलियम्सनले ४६ तथा डेभोन कन्वेले २१ रन बनाए ।
यसैगरी, अविजित रहेका जेम्स निसमले १६ रनको योगदान दिए।
पाकिस्तानमा शाहिन अफ्रिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिए।
न्युजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य केहीबेरपछि पाकिस्तानले पछ्याउने छ।
दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबीच बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।