काठमाडौं– नेकपा एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा स्थानीय उद्यमीहरूलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु अगाडि सारेको छ।
सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पार्टीले पराल र उखुका खोइला, थाकल, बाँस, हात्तिबार (केतुकी), अल्लो, गहुँको छ्वालीजस्ता विविध स्थानीय कच्चा वस्तुमा आधारित लत्ताकपडा, कागज, खेलौना, फर्निचर, उपहारका सामान आदि उत्पादन गर्ने उद्योगहरू स्थापना गरी आयात प्रतिस्थापन तथा निर्यात वृद्धिमा सहयोग पुर्याउने योजना अगाडि सारेको छ।
एसपाले आत्मनिर्भरताको प्रयोग देशको आन्तरिक उत्पादनविना आत्मनिर्भर अर्थतन्त्रको विकास सम्भव नभएको घोषाणापत्रमा उल्लेख गरेको छ।
‘हाम्रो देशमा तत्काल उत्पादन बढाएर आयात रोक्न सकिने वस्तु कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सुरु गर्न सकिने औद्योगीकरण भनेको घरेलु, साना तथा ग्रामीण उद्योगहरू नै हुन्। घरेलु, साना तथा ग्रामीण उद्योगहरू खोलेर मात्रै हुँदैन, उत्पादित वस्तुहरू विक्रीको प्रत्याभूति पनि हुनुपर्दछ,’ घोषणापत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।