काठमाडौं– नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने मान्यता अघि सारेको छ। सोमबार सार्वजनिक गरिएको पार्टीको घोषणापत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत रहेको ठहर गरिएको छ।
‘यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ। यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ,’ घोषणापत्रमा भनिएको छ।
आफूहरुले यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहेको एकीकृत समाजवादीले घोषणापत्रमा भनेको छ। ‘यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ घोषणापत्रमा उल्लेख छ।
निर्वाचन प्रणालीमा सुधार चाहेको भए पनि कस्तो खालको प्रणाली अपनाउने भनेर सो पार्टीले कुनै प्रस्ताव गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।