• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

द नेदरल्याण्ड्समाथि सहज जित निकालेको भारत शीर्ष स्थानमा उक्लियो

बंगलादेशमाथि दक्षिण अफ्रिकाको फराकिलो जित 
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १०, २०७९  १७:४५
1140x725

काठमाडौं– अष्ट्रेलियामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। गत २३ अक्टोबरमा भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। 

बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा टेस्ट राष्ट्र भारतले एसोसिएट राष्ट्र द नेदरल्याण्ड्सलाई सजिलै हराएको छ। 

सुपर १२ को समूह २ को खेलमा द नेदरल्याण्ड्समाथि ५६ रनको सहज जित निकालेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलमा शतप्रतिशत जित निकालेको भारतले ४ अंक जोडेको छ।

लगातार दोस्रो पराजय ब्यहोरेको नेदरल्याण्ड्स भने अंकबिहीन रहँदै तालिकाको पुछारमा छ।

भारतले दिएको १८० रनको लक्ष्य द नेदरल्याड्सले भेट्टाउन सकेन। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो।

नेदरल्याण्ड्सका लागि टिक प्रिंग्लेले सर्वाधिक २० रन बनाए पनि त्यो टोलीको जितको लागि पर्याप्त भएन।

भारतका भुवनेश्वर कुमार, अर्षदीप सिंह, अक्षर पटेल, रविचद्रन आश्विनले समान २–२ तथा मोहम्मद सामीले १ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको भारतले पूरै ओभर खेल्दै २ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। 

Ncell 2
Ncell 2

भारतका पूर्वकप्तान विराट कोहली, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवगरी तीन खेलाडीले अर्धशतकीय पारी खेले। विराटले अविजित रहँदै सर्वाधिक ६२ बनाए। यस्तै, रोहितले ५३ तथा सूर्यकुमारले अविजित ५१ रन बनाए।

यसअघि ओपनर केएल राहुल ९ रनमा आउट भएका थिए।

द नेदरल्याण्ड्सका फ्रेड क्लासेन र पाउल भान मिकेरेनले समान १ विकेट लिए।

२५ बलमै अविजित ५१ रन बनाएका भारतका सूर्यकुमार खेलको उत्कृष्टसँगै मूल्यवान खेलाडीसमेत घोषित भए।

यसअघि, बिहीबार नै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि फराकिलो जित निकालेको छ। सुपर १२ अन्तर्गत सिड्नीमै भएको खेलमा दक्षिण अफ्रिका बंगलादेशलाई १०४ रनले हराएको हो। 

दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा सबै विकेटको क्षतिमा १०१ रनमा समेटियो। बंगलादेशका लागि लिटाेन दासले सर्वाधिक ३४ रन बनाए।

यस्तै, सौम्य सरकारले १५, मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन जोडे। बलिङमा अफ्रिकाका एत्रिच नोर्कियाले ४ तथा ताब्रेज शम्सीले ३ विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। 

दक्षिण अफ्रिकाका लागि रिली रस्सोले शतकीय पारी खेल्दै १०९ रनको रन बनाए भने क्विन्टन डी ककले ६२ रन जोडे।

बंगलादेशका सकिव अल हसनले २, तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले १–१ विकेट लिए।

जितसँगै समूह २ मा रहेको दक्षिण अफ्रिकाले २ खेलबाट ३ अंक बनाएको छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने २ अंक बनाएको बंगलादेश तेस्रो स्थानमा छ। 

अहिले यसै समूहअन्तर्गत पाकिस्तान र जिम्बावेबीच खेल भइरहेको छ।

यो पनि पढ्नुहोस

इंग्ल्याण्डमाथि आयरल्याण्डको ऐतिहासिक जित

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १७:४५
  • #टी–२० विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
सम्बन्धित सामग्री
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइ... आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १... आइतबार, माघ ४, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्