सिड्नी- अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई अन्तिम ओभरमा पराजित गरेको छ।
भारतले सुपर- १२ अन्तर्गत समूह १ को खेलमा पाकिस्तानलाई पराजित गरेको हो। भारत र पाकिस्तानबीच हालसम्म ११ वटा टी- २० खेल भएका छन्। जसमा भारतले ८ पटक जित्दा पाकिस्तानले ३ खेल मात्र आफ्नो पक्षमा पारेको छ।
आजको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो। पाकिस्तानले सुरुवात राम्रो गरे पनि त्यसलाई कायम गर्न सकेन। पाकिस्तानले भारतलाई १५९ रनको लक्ष्य दिएको थियो। पाकिस्तानका तर्फबाट इफ्तियार अहमद र साह मुसादले अर्धशतक बनाएका थिए।
पाकिस्तानलाई सस्तैमा रोक्न भारतका अर्शदीप सिंह र हार्दिक पाण्ड्याले ३/३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रेको भारतले अन्तिम ओभरमा जित निकाल्दा विराट कोहोली ८२ रनमा अविजित रहे।
भारतका तर्फबाट हार्दिक पाण्ड्याले ४० रन बनाए। कोहली र पाण्ड्याको साझेदारीले भारतलाई जित दिलाएको थियो।
आइतबार नै भएको समूह १ को खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।