काठमाडौं - अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० आई क्रिकेट विश्वकपमा आइतबार दिउँसो कट्टर प्रतिद्धन्द्धी भारत र पाकिस्तान आमनेसामने हुँदैछन्।
भारत र पकिस्तानबीचको सुपर १२ अन्तर्गतको समूह १ को खेल नेपाली समयअनुसार दिउँसो १.४५ बजे मेलबर्न मैदानमा हुनेछ।
दक्षिण एसियाका यी दुई महारथी टोलीबीचको खेलमा प्रायः राजनीतिक रङ पनि घुस्ने गर्छ। यसर्थ, यो बहुप्रतीक्षित खेल हो।
भारत र पाकिस्तानबीच हालसम्म ११ वटा टी२० खेल भएका छन्। जसमा भारत हाबी छ। भारतले ८ पटक जित्दा पाकिस्तान ३ खेलमात्र आफ्नो पक्षमा पारेको छ।
पछिल्ला पाँच टी–२० खेलमा ३ मा भारत र २ मा पाकिस्तान विजयी भएको छ। यसरी हेर्दा भारतको पल्ला केही भारी देखिन्छ।
यस्तै, आइतबार नै समूह १ कै अर्को खेल पनि हुनेछ। यो खेल भारत र पाकिस्तानको भन्दा अगाडि अर्थात बिहान ९.४५ मै होबार्टमा हुने यस खेलमा श्रीलंका र आयरल्याण्ड भिड्नेछन्। यी दुई टोलीले हालसम्म टी–२० का २ खेलमा प्रतिस्पर्धा गरेका छन् । दुवै खेलमा श्रीलंकाले जित हात पारेको थियो।
जारी विश्वकपमा १६ राष्ट्र सहभागी थिए। तीमध्ये ४ राष्ट्र पहिलो चरणबाट बाहिरिएका छन्।
सुपर १२ को समूह १ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, श्रीलंका र आयरल्याण्ड छन्।
यस्तै, समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्याण्ड्स छन्।
श्रीलंका, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स पहिलो चरण पार गर्दै सुपर १२ मा पुगेका हुन् भने अन्य टोलीले सोझै स्थान बनाइका हुन्।
सुपर १२ बाट ४ टोली सेमिफाइलमा पुग्नेछन्। तीमध्ये २ टोली फाइनलमा जानेछन्। ती २ बीच १३ नोभेम्बरमा उपाधि भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।