काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका सन्तोष प्रधान चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी दर्ताकै दिन आज प्रधानले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि संघर्ष गर्दै आएका थापालाई नेपाली राजनीतिले आशा र भरोसा गरेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
वैदिक सनातन धर्मको पक्षमा वकालत गर्दै आएका प्रधानले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा थापालाई मतदान गरेर विजय गराउनसमेत उनले आह्वान गरेका छन्।
राष्ट्रिय राजनीतिका केही विषयमा वैचारिक मतभेद भए पनि संवादबाट एकीकृत गर्दै जाने र अहिले थापालाई सहयोग गर्ने प्रधानले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।