• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलियो स्वास्थ्य प्रणालीको विकासमा विज्ञको जोड

64x64
नेपाल लाइभ मंगलबार, असोज ४, २०७९  १९:२५
1140x725

काठमाडौं- नागरिकलाई स्वस्थ राख्न र जनस्वास्थ्यका समस्यासँग जुध्न नेपालले स्वास्थ्य प्रणालीको विकास गर्न आवश्यक रहेको कुरामा विज्ञहरुले जोड दिएका छन्। नेपाल चिकित्सक संघले राजधानीमा आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा विज्ञहरुले महामारीबाट पाठ सिक्दै बलियो प्रणाली बनाउन पर्नेमा जोड दिएका हुन्।

सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको बताए। उनले महामारीबाट पाठ सिक्दै आपत्कालीनदेखि सामान्य अवस्था सबैमा सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने बलियो प्रणालीको विकास गर्ने कुरामा जोड दिए।

'कोभिड महामारीले हाम्रो स्वास्थ्य प्रणालीमा कहाँ कहाँ कमजोरी रहेछ, अब कुनकुन क्षेत्रमा प्राथमिकता दिने भन्ने देखाएको छ,' उनले भने, 'तर प्रणाली विकास गर्ने अवसरबाट हामी फेरि पनि चुक्दै छौं। हामीले कोभिड महामारीले दिएको दु:ख बिर्सिएका छौं। भोलि फेरि यस्तै महामारी वा विपत्ति आयो भने के गर्ने? खोइ हामीले तयारी गरेको? अब पनि पाठ नसिक्ने?'

उनले पछिल्ला दिनमा फैलिरहेको डेंगु नियन्त्रणमा कमजोरी भइरहेको भन्दै सरकारको समेत आलोचना गरे। 

‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरी खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले। स्थानीय सरकारको तयारीको बारेमा हामीले हेर्यौंा भने, प्राथमिकताका सन्दर्भमा हामीले हेर्यौंक भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन’, थापाले भने, ‘हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरु छ कि छैन? कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको अजेण्डा बनाउनुपर्नेमा जोड दिए। यसका साथै अबका दिनमा जनशक्तिको विकास हुन सकेन भने समस्या फेरि पनि ज्यूकात्यू नै रहने भन्दै जनशक्ति थप्ने योजना बनाउन आवश्यक रहेको पनि उनले बताए।

थापाले स्वास्थ्यका मुद्दा अब स्वास्थ्य मन्त्रालयको मात्र नभई सबैको साझा मुद्दा हुनुपर्नेमा पनि जोड दिए। 'स्वास्थ्यलाई अब सबैले प्राथमिकता दिँदै फराकिलो ढंगबाट सोच्नुपर्छ,' थापाले भने, 'महामारीको अनुभवबाट सिकेर संस्थागत स्वास्थ्य प्रणाली विकास गर्न हामी चुक्यौं। स्थानीय तहले बिरामीको उपचार गराउने संरचना तयारीलाई भन्दा पनि बिरामी नै नहुन या कम हुन् भन्ने मान्यताबाट काम गर्नुपर्छ। स्वास्थ्य भनेको स्वास्थ्य मन्त्रालयको मात्र हो भन्ने थियो कोभिडले स्वास्थ्यको महत्व पायो तर अवसर चुकिरहेको छ। अझै ढिलो भएको छैन। अहिलेको मुभमेन्टलाई समात्न सके अवसरको रुपमा लिन सकिन्छ। बलियो प्रणाली विकास गर्न सकिन्छ।'

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कोभिड–१९ ले धेरै कुरा सिकाएको भन्दै त्यसैअनुसार नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिँदै गएको बताए। उनले माथिदेखि नै स्वास्थ्यको बलियो प्रणाली भएमा स्थानीय तहमा पनि काम अगाडि बढाउन सहज हुने कुरामा पनि जोड दिए।

Ncell 2
Ncell 2
nimb
nimb

'कोरोना महामारीले महामारीले सबैलाई धेरै नै दु:ख दियो। तर दु:खसँगै धेरै कुरा पनि सिकाएको छ,' उनले भने, ‘कोभिडमा सिकेको कुराले गर्दा अहिले डेंगु नियन्त्रमा सहज भइरहेको छ। हामीले डेंगु नियन्त्रणका लागि नगरपालिकामा समयमा नै काम अगाडि बढाउन सफल भयौं।'

खरेलले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा जनशक्ति पाउन निकै समस्या रहेको भन्दै यस तर्फ समयमा नै आवश्यक कदम चलाउनुपर्नेमा जोड दिए। 'देशबाट स्वास्थ्यको दक्ष जनशक्ति पलायन भइरहेको छन्। यो गम्भीर विषय हो। अहिले नै रोक्न सकेनौं भने भोलि ठूलो समस्या पर्छ। सरकारले यस विषयमा तत्काल योजना बनाउनुपर्छ,' उनले भने, 'अहिले नै जनशक्ति टिकाउने योजना नल्याउन हो भने केही समयपछि नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति पाउन मुस्किल पर्छ। त्यसकारण समयमा नै योजना बनाउँ। प्रणाली विकास गरौं।'

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारीको समयमा स्वास्थ्यको संघदेखि स्थानीय तहसम्म पुगेको भए पनि जनशक्ति, उपकरण र अन्य पूर्वाधारहरुको समस्या रहेको देखिएकाले मन्त्रालयको अबको जोड त्यसतर्फ रहेको बताए। 'जनशक्ति व्यवस्थापनमा सरकार लागेको छ। पाँच सय शय्याको अस्पतालको ओएनएम सकेर अर्थ मन्त्रालय पठाएका छौं। दुई सय श्ययाको जनशक्तिको प्रस्ताव बनाएर प्रदेशलाई र ५, १०, १५ शय्याको अस्पतालको जनशक्ति प्रस्ताव गरेर स्थानीय तहमा पठाएका छौं,' उनले भने, 'योसँगै भएका संरचनालाई बलियो बनाउँदै प्रणालीलाई थप बलियो बनाउँदै अगाडि बढीरहेका छौं।'  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सचिव गणेश पाण्डेले स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहको सरकारसँगै अन्तर मन्त्रालय समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले स्वास्थ्यमा अब नयाँ प्रणालीको विकास गर्दै अगाडि बढ्नुपर्ने समय आएको पनि बताए।

'स्वास्थ्यका विषयलाई एउटा मन्त्रालयका रुपमा मात्र हेरेर हुँदैन। यसलाई अब समग्र रुपमा हेनुपर्ने हुन्छ। कोभिड–१९ पछि स्वास्थ्यका विषय स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित चिकित्सक, नर्स स्वास्थ्यकर्मीको मात्र हो भन्ने कुराबाट होलस्टीक विषय हो भन्ने सचेतना विकास भएको छ,’ सचिव पाण्डेले भने, ‘होलिस्टीक एप्रोचबाट जानका लागि अझै पनि कोलाब्रेसन र कोर्डिनेसन भने हुन सकिरहेको छैन । कोभिड–१९ मा जुन तरिकाले सबै संयन्त्र परिचालन भएका थिए, अहिले डेंगु आउँदा त्यो अनुसार परिचालन हुन सकेको छैन। त्यसकारण अब यसलाई महत्व दिँदै सबैतिरबाट साथ र सहयोग आवश्यक छ।'

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले महामारीबाट पाठ सिक्दै तत्कालिन र दीर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए। उनले प्रदेश सरकारले अहिले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जनशक्ति विकास र विस्तारमा जोड दिएको जानकारी दिए। 

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले २०४८ सालको जनशक्तिले अहिले पनि काम गर्नुपर्ने अवस्था रहेको भन्दै जनशक्तिदेखि संरचना सबैकुरा थप्न आवश्यक रहेको कुरामा जोड दिए। 'महामारीको समयमा आइसियुमा पाँच जना बिरामी भर्ना हुँदा अस्पताल बन्द गर्नुपर्ने अवस्था आयो,' उनले भने, 'एक करोड जनता भएको समयमा बनाएको संरचनाले अब धान्दैन भन्ने कुरा त महामारीले देखायो। त्यसकारण अब जनशक्ति थप्ने कुरादेखि संरचना बनाउने र प्रणाली विकास गर्न ढिला गर्न हुँदैन।'

उनले २०२० सालको कानुनमा टेकेर काम गर्नुपर्ने अवस्था रहेको भन्दै कानुन पनि समयअनुसार परिवर्तन गर्न जोड दिए। 'देशमा गणतन्त्र आइसक्यो तर हामी पञ्चायतकालिन कानुन अनुसार चलिरहेका छौं। नयाँ संविधान आइसकेको छ। तर हाम्रो स्वास्थ्य प्रणाली र संरचना पुरानै छ। यस्तो तरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन। स्वास्थ्य क्षेत्र सुधारका लागि अहिले नै सबैले जोड दिएर काम अगाडि बढाउनुपर्छ। होइन भने भोलि फेरि अर्को दुर्घटना निम्तिने खतरा छ।'

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
सम्बन्धित सामग्री
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वश... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्