• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

आफ्नो निर्णयको औचित्य पुष्टि गर या मार्गप्रशस्त गर

64x64
नेपाल लाइभ बुधबार, असोज ५, २०७९  १५:५१
1140x725

संविधान दिवस २०७९ को अवसरमा एक सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन। यही भावनाबाट अनुप्राणित भइ संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अंगहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु।’

तर उक्त सन्देशको मसी सुक्न नपाउँदै संविधानले स्पष्ट शब्दमा लेखेको आफ्नो कर्तव्य जानीजानी अवज्ञा गरेर राष्ट्रपति भण्डारीले राष्ट्रपति संस्थाको मात्र अवमूल्यन गरेकी छैनन्, देशलाई नयाँ संवैधानिक संकटतर्फ धकेलेकी छन्।

आफूले पठाएको १५ बुँदे सन्देशलाई नदेखेझैँ गरेर सत्तारुढ गठबन्धनले ‘नेपाल नागरिकता संशोधन गर्न बनेको विधेयक २०७९’ दोस्रो पटक पनि जस्ताको तस्तै फिर्ता पठाएकोमा आफू असन्तुष्ट रहेको राष्ट्रपतिले विभिन्न दलका नेताहरुसँगको भेटमा स्पष्ट परेकी थिइन्। तर आफ्नो व्यक्तिगत मान अपमानभन्दा संविधानले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने जिम्मेवारी राष्ट्रपति संस्थाको हो।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार र संसद्को भन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सुझाव र निर्देशनलाई बढी महत्त्व दिने गरेको आरोप राष्ट्रपति भण्डारीले खेपिरहेकै थिइन्। त्यो आरोप झन् सघन भएको छ। अर्कोतिर, उनको पछिल्लो कदमले सरकार र शीतलनिवासबीच दुरी मात्रै बढाएको छैन, आम निर्वाचनको मुखमा नागरिकता जस्तो संवेदनशील विषयलाई एउटा राजनीतिक मुद्दा पनि बनाउन सघाउ पुर्‍याएकी छन्।

नेपालको संविधानको धारा ११३ अनुसार, संसद्को दुवै सदनले पारित गरी पठाएको अर्थ बाहेकका अन्य विधेयक राष्ट्रपतिले सुझावसहित संसद्लाई एक पटक फिर्ता पठाउन सक्छिन्। तर दोस्रो पटक पनि संसद्का दुवै सदनले पारित गरी पठाएको विधेयकलाई उनले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ। मंगलबार राति १२ बजे नागरिकता विधेयकको म्याद सकिनुअगावै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन्। राष्ट्रपति कार्यालयले एउटा विज्ञप्ति पनि जारी गर्न सकेन। अब राष्ट्रपतिले या त नेपाली जनता सामु आफ्नो निर्णयको औचित्य पुष्टि गर्नु पर्छ, या मार्गप्रशस्त गर्नुपर्छ।

राष्ट्रपतिको भूमिकालाई लिएर पटकपटक प्रश्न उठिसकेकै छ। जसबारे अदालत पनि बोलिसकेको छ। तर, सरकार र संसद्ले धैर्यधारण गरेकाले उनीमाथि महाभियोग जस्तो अस्त्र प्रयोग गरिएन (त्यसको सफलता वा असफलता आफ्नो ठाउँमा छ)। त्यसैले उनको पद निरन्तर रहिरहन सम्भव भयो। अब संविधानका स्पष्ट प्रावधानहरु नै उल्लंघन गर्दा पनि उनले कतै जवाफ दिनुनपर्ने हो भने त्यसले अराजक परिस्थिति सिर्जना गर्छ। संविधानका कुनै धाराको पनि स्वतन्त्र अस्तित्व रहनेछैन। राष्ट्रपतिको तजबिजीमा भर पर्छ। यसका जोखिम अहिलेलाई आकलन मात्रै गर्न सकिन्छ।

गत सोमबार विश्व नेताहरुको उपस्थितिमा लन्डनमा ब्रिटिश महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोह आयोजना गरियो। ७० वर्षसम्म राष्ट्राध्यक्ष रहँदा उनले कहिल्यै पनि सरकारले वा संसद्ले गरेको निर्णयको अवज्ञा गरिनन्। संविधानको मर्म र भावनाको अक्षरश: पालना गरिन्। त्यसैले सारा संसारले उनलाई सम्झिरहेको छ। बेलायतको राजसंस्थाले सम्मान पाउनुको कारण यस्तै शैलीले हो। हामीकहाँ राजसंस्था हुँदा पनि अनावश्यक शक्ति अभ्यासको मोह राखिरह्यो। अति भएपछि जनताले पनि बिदा गरे। अहिले राष्ट्रपतिबाट पनि नेपाली राजाकै व्यवहारको झल्को दिने अभिष्ट प्रकट भइरहेको छ। यो भुलको भुलभुलैयाबाट जति चाँडो मुक्त भयो, देश र संविधानको स्वास्थ्यको लागि फाइदाजनक छ।

गएको सात दशकको अवधिमा नेपालमा एकपछि अर्को संवैधानिक प्रयोगहरु गरिरह्यौं। एकपछि अर्को संविधान जारी गर्‍यौं। तर पनि मुलुकले राजनीतिक स्थिरता पाउन सकेको छैन। राजनीतिक अस्थिरताको जड नेपालको भू-राजनीतिमा मात्रै होइन, हाम्रा नेताहरुको आचरण र व्यवहारमा पनि धेरै हदसम्म निर्भर गर्छ। नेपालको संविधानले कुनै पनि कानुन संविधान विपरीत छ वा छैन भन्ने परीक्षण गर्ने जिम्मा न्यायालयलाई दिएको छ। नवनिर्वाचित संसद्ले पनि कानुनमा रहेका त्रुटिहरु सच्याउन सक्छ। तर संविधानको यस्तो प्रावधानको ठाडो उल्लंघन गरेर राष्ट्रपति भण्डारीले आफ्नो पदप्रति न्याय गरेकी छैनन्। इतिहासले यसै रुपमा उनको मूल्यांकन गर्ने छ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्