• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकमा परेका चर्चित अनुहार: आरजुदेखि बादलकी श्रीमतीसम्म !

64x64
नेपाल लाइभ सोमबार, असोज ३, २०७९  २१:५५
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक  उम्मेदवारको बन्दसूची बुझाएका छन्। प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पार्टीहरुले सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका हुन्। 

दलहरुले प्रतिनिधि सभाका ११० सिट र प्रदेश सभाका २२० सिटका लागि उम्मेदवारको सूची बुझाएका छन्। आयोगले सूचीमा परेकाहरुको  विवरण  जाँच गरिरहेको छ। दलहरुले सोमबार बुझाएको सूची सच्याउनका लागि आयोगले असोज १६ गतेसम्मको समय दिएको छ। 

समानुपातिकमा परेका चर्चित अनुहार 
प्रमुख राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा समानुपातिकतर्फ पुरानालाई सकेसम्म नदोहोर्‍याउने बताएका थिए। पटक–पटक समानुपातिकमा पर्दै आएका केही व्यक्ति यसपटक सूचीमा नपरे पनि यसअघि प्रत्यक्षमा प्रतिस्पर्धा गर्दै आएका चर्चित नेताहरु समानुपातिकमा परेका छन्। 

सत्तारुढ दल नेपाली कांग्रेसले बुझाएको बन्दसूचीमा पूर्व उपसभापति विमलेन्द्र निधिदेखि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा अटाएका छन्। 

२०७४ सालको निर्वाचनमा निधि धनुषा–३ बाट प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भएका थिए। त्यतिबेला उनलाई तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेका थिए। 

यस्तै, आरजु राणा देउवा कैलाली–५ बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहेकोमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन्। फेरी पनि उक्त क्षेत्रबाट निर्वाचनको तयारी गरेकी उनी जित निश्चित नभएपछि समानुपातिकतर्फ लागेकी हुन्। 

कांग्रेसबाट मुस्लिम कोटामा सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि समानुपातिक उम्मेदवार बनेका छन्। पार्टीको १४औं महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। मधेस प्रदेशबाट खसआर्यको कोटाबाट आनन्द ढुंगाना पनि समानुपातिकको सूचीमा परेका छन्।  

कांग्रेसको समानुपातिक सूचीमा पूर्वउपसभापति  गोपालमान श्रेष्ठ पनि अटाएका छन्। २०७४ सालाको निर्वाचनमा उनी स्याङजा क्षेत्र नम्वर २ बाट पराजित भएका थिए। श्रेष्ठ एमालेकी पदमा आर्यालसँग ३ हजार ७०६ मतान्तरले पराजित भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि समानुपातिकमा अटाएका छन्। महत २०७४ सालको निर्वाचनमा काठमाडौं–५ मा नेकपा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए। काठमाडौं– ३ बाट पराजित भएकी कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत पनि समानुपातिकमा समेटिएकी छन्। कांग्रेस सहमहामन्त्री जीवन परियारपनि समानुपातिकको बन्दसुचिमा रहेका छन् । 

कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिकमा परेका छन्। २०७४ सालको निर्वाचनमा उनी नुवकोट २ बाट उम्मेदबार भएपनि पराजित भएका थिए। 

यसपटक समानुपातिकको सूचीमा परेका अर्का ‘हेविवेट’ नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा। पूर्वसभामुख समेत रहेका महरालाई पार्टीले समानुपातिक सूचीमा राखेको छ। 

२०७४ सालको निर्वाचनमा उनी दाङको प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट विजयी भएका थिए  । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले पराजित गरेका थिए। यस पटक उक्त क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदबार हुने तयारी गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रत्यक्ष तर्फको उम्मेदवारका लागि महराको नाम ३ ठाउँबाट सिफारिस भएको थियो। दाङको क्षेत्र नम्वर १ र २ का साथै रोल्पाबाट पनि महरा सिफारिसमा परेका थिए। 

नेकपा एमालेबाट समानुपातिक सूचीमा पर्ने शीर्ष नेतामध्ये रघुजी पन्त छन्। ललितपुरबाट चुनाव लड्दै आएका स्थायी कमिटी सदस्य पन्तलाई एमालेले खसआर्यको क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएको छ। यस्तै, उपाध्यक्ष राम बहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई पनि एमालेले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ।  

अनेरास्वीयुकी अध्यक्ष सुनिता बरालदेखि कानुन विभागकी सदस्य अधिवक्ता शान्ति खनाल पनि एमालेबाट समानुपातिकको सूचीमा अटाएका छन्। त्यस्तै, उमा कोइराला, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी पनि एमालेको बन्दसूचीमा परेका छन्।  

सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका पदाधिकारीसहित ९ जना ‘शीर्ष नेता’ समानुपातिकको सूचीमा परेका छन्। 

समानुपातिक रोज्नेमा उपाध्यक्ष प्रमेश हमालसहित उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, श्रीप्रसाद साह छन्। 


यस्तै, स्थायी कमिटी सदस्य भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिट्‌ब्यूरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेका छन्।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्