काठमाडौँ– रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारासहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ।
यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनसलगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन्। यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजिफाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन्।
नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ। यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ।
नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपालीबजारमाउपलब्ध छन् ।
यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागू हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।