काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २३० जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा थप ७८ जना निको भइ डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार ३ हजार ८ सय ३६ नमुना परीक्षण गर्दा २३० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।