काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरण अनुसार थप ४ हजार ५ सय ९० नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा १ जना गरी उपत्यकामा १ सय १८ जना संक्रमित थपिएका छन्।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ रहेको छ। त्यसैगरी आईसीयूमा ३५ जना र भेन्टिलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।