• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

संसदीय निर्वाचनको ६५ वर्षे इतिहास: २०१५ देखि २०७४ सम्म

64x64
नेपाल लाइभ शनिबार, भदौ १८, २०७९  १०:१५
1140x725

काठमाडौं– नेपालको संसदीय निर्वाचनको इतिहास त्यति लामो छैन। पहिलो निर्वाचन भएको २०१५ सालदेखि २०७४ सम्मको करिब ६० वर्षमा सातवटा निर्वाचन भएका छन्। आसन्न मंसिरमा हुने निर्वाचन आठौँ निर्वाचन हो। यो बीचको ३० वर्ष पञ्चायती, दलविहीन व्यवस्था थियो भने २०५६ सालमा भएको संसदीय निर्वाचनपछि माओवादी आन्दोलन र व्यवस्था परिवर्तनले गर्दा २०६४ मा मात्र निर्वाचन भएको थियो।

यद्यपि, २०६४ र २०७० को निर्वाचन पछिको संसद्को‌ अभिभारा भने संविधान बनाउनु थियो। तर यसले व्यवस्थापिका संसदको भूमिकामा पनि काम गर्थ्यो। यसको लागि २०६३ मा बनेको अन्तरिम संविधानले विशेष व्यवस्था गरेको थियो। २०७२ को असोजमा संविधान बनेपछि भने तीन तहको सरकारको व्यवस्था अनुसार २०७४ मा पहिलो र आगामी मंसिरमा दोस्रो निर्वाचन हुन लागेको हो।

आज हामी २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७०, र २०७४ सालको निर्वाचनमा कुल मतदाताको संख्या र मतदान भएको प्रतिशतबारे तथ्य प्रस्तुत गर्दै छौँ। यसको स्रोत निर्वाचन आयोगले प्रकाशन गरेको नेपालको निर्वाचन इतिहास  भाग १ रहेको छ।

प्रजातन्त्र स्थापना भएपछि नेपालकै इतिहासमा पहिलो पटकको आम निर्वाचन २०१५ फागुन ७ गते प्रारम्भ भइ विभिन्न चरणमा ४५ दिन लगाएर सोही वर्षको चैत २८ गते सम्पन्न भएको थियो। यसको नतिजा भने २०१६ वैशाख २८ गते आएको थियो। 

यो निर्वाचनमा कूल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए। निर्वाचनमा भने १७ लाख ९१ हजार ३७२ ले मात्र मतदान गरेका थिए। यो कुल मतदाताको ४२.१८५ प्रतिशत हो। २०१७ मा राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था लागू गरेपछि ३० वर्षसम्म दलहरू प्रतिबन्धमा परे। 

२०४६ को पहिलो जनआन्दोलनले प्रजातन्त्रलाई पुनर्बहाली गरेपछि २०४८ बैशाख २९ गते नेपालको इतिहासमा दोस्रोपटक आम निर्वाचन भएको थियो। यो निर्वाचनमा कुल १ करोड ११ लाख ९१ हजार ७७७ मतादाता रहेका थिए। यसमा करिब ६५.१५ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका थिए।

यस्तै, पाँच वर्षे कार्यकालको संसद २०५१ मा तत्कालीन कांग्रेस सरकारले विघटन गरेपछि २०५१ कात्तिक २९ गते भएको मध्यवाधि निर्वाचनमा १ करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा करिब ६१.८६ प्रतिशतले मात्रै मतदान गरेका थिए। 

यस्तै, २०५६ बैशाख २० गते र जेठ ३ गते दुई चरणमा सम्पन्न भएको निर्वाचनमा करिब १ करोड ३५ लाख १८ हजार ८३९ मतादाता रहेका थिए। यसमध्ये करिब ६५.७९ प्रतिशत अर्थात ८८ लाख ९४ हजार ४४ मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

२०५६ पछि देशमा राजनीतिक परिवर्तन भयो। तत्कालीन राजतन्त्रविरुद्ध २०६२/०६३ को जनअन्दोलनले व्यवस्थानै परिवर्तन गरायो। यसपछि बनेको अन्तरिम संविधानले गरेको परिकल्पना अनुसार २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो। यस निर्वाचनमा कुल १ करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेका थिए। यसपटकको निर्वाचनमा करिब ६१.७० प्रतिशत मत झरेको थियो। जुन १ करोड ८ लाख ६६ हजार ५ सय मतदाता संख्या हुन्छ।

पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछि पुनः २०७० साल मंसिरमा दोस्रो संविधान सभाको निर्वाचन भयो। यस निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेका थिए। यस निर्वाचनमा ७८.७४ प्रतिशत मत खसेको थियो। कुल मतदाता संख्यामा ९५ लाख १६ हजार ७३४ मतदाताले मतदान गरेका थिए। 

यहाँ स्मरणीय के छ भने पहिलो संविधान सभाको निर्वाचनको तुलनामा दोस्रो संविधान सभाको निर्वाचनमा करिब ५५ लाख मतदाता घटेका थिए। यस विषयमा तत्कालीन निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पहिलो संविधान सभा निर्वाचन अघि मतदाताको तथ्याङ्क संकलन व्यवस्थित र वैज्ञानिक नभएकाले तथ्याङ्कमा फरक पर्न गएको बताउँछन्। 

‘पहिलो संविधान सभा निर्वाचन अघि मतदाताको विवरण संकलन वैज्ञानिक रुपले हुन सकेन। त्यो निर्वाचनमा मतदाताको तथ्याङ्कको आधार २०५६ कै निर्वाचन अघिको रहेको थियो।’ नेपाल लाईभसँग कुरा गर्दै यादव भन्छन्, ‘२०६७ भदौबाट प्रविधियुक्त र वैज्ञानिक आधारमा मतदाताको विवरण संकलन गरेपछि वास्तविक मतदाता संख्या आएको थियो।’

२०७२ असोजमा संविधान बनेपछि २०७४ मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो। यो निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। यसमध्ये १ करोड ५ लाख ९४ हजार ४४ मतदाताले मतदान गरेका थिए। यो कुल मतदाताको ६८.६६७ प्रतिशत हो।

निर्वाचन आयोगले आसन्न मंसिरको निर्वाचनमा मतदाताको संख्या १ करोड ८२ लाख हारहारी पुग्ने अनुमान गरेको छ। यसको आधार भनेको गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन हो। बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ थियो। उक्त निर्वाचनमा १ करोड १५ लाख ४० हजार ३८ मतदाता अर्थात ६५.०७४ प्रतिशतले मतदान गरेका थिए। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी निर्वाचनमा करिब पाँच लाख मतदाता बढ्ने अनुमान रहेको बताए । नेपाल लाइभसँग उनले भने, ‘बैशाखको निर्वाचनभन्दा करिब पाँच लाख मतदाता बढ्ने अनुमान आयोगले गरेको छ।’ आयोगले मतदाता परिचय पत्र बनाएका र आगामी मंसिर ३ गते १८ वर्ष पुगेकालाई मतदान गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्