• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीयः डा केसीको अनसन शृङ्खला यो नै अन्तिम बनोस्

64x64
नेपाल लाइभ बिहीबार, साउन १०, २०७५  १७:५५
1140x725

सरकारसँग भएको ९ बुँदे सहमतिसँगै डा गोविन्द केसीको १५औं अनसन २७ दिनमा अन्त्य भएको छ। करिब एक महिना लामो सकसपूर्ण संघर्षमा डा केसीले 'जित' हासिल गर्दै सत्याग्रहको शक्ति पुनः एकपटक पुष्टि गरिदिएका छन्।

अहिंसात्मक आन्दोलनका पक्षधर सबैलाई यो उत्साह जनाउने घटना हो। 

विभिन्न माग राखेर ०६६ सालदेखि स्वास्थ्य क्षेत्रका विकृति र विसंगतिका विषयमा आवाज उठाउन थालेका डा केसीले ०६९ सालदेखि भने अनसन नै बसेर सरकारलाई माग पूरा गर्न दबाब दिन थालेका थिए। उनको दबाबकै कारण स्वास्थ्य क्षेत्रमा धेरै सुधार भइसकेको छ। साथै, यस क्षेत्रको विकृति र विसंगतिबारे आममानिसले पनि थाहा पाउने अवस्था बनेको छ।

तर, पछिल्ला अनसनमा उनी 'अन्तिम संघर्ष' गरिरहेका थिए। चिकित्सा शिक्षा क्षेत्रको बेथिति रोक्न र गुणस्तरीयताको सुनिश्चितताका लागि उनले चिकित्सा शिक्षा ऐन ल्याउन दबाब दिइरहेका थिए। त्यसले चिकित्सा शिक्षालाई व्यवस्थित गर्ने, गुणस्तरीय चिकित्सकको उत्पादन गर्ने र आममानिसले पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आधार तयार पार्नेछ भन्ने डा केसीको विश्वास छ। आफ्नो त्यही विश्वासमा दृढ भएकै कारण उनले आफ्नो ज्यानको पर्वाह नगरी अनसन बसिरहेका थिए।

यसपटकको सहमतिको कार्यान्वयनसँगै डा केसीको झन्डै दशक लामो संघर्ष यात्राले पनि निष्कर्ष पाउनेछ। सरकारले सहमति पालना गरिदिए, सम्भवतः चिकित्सा क्षेत्र सुधारको माग राखेर डा केसी फेरि अनसन बस्नुपर्ने अवस्था आउनेछैन। सायद, उनको यो नै अन्तिम अनसन बन्नेछ। डा केसीको अनसन शृंखलाको अन्त्य हुनु भनेकै चिकित्सा क्षेत्रमा सुधारको सुनौलो बिहानी देखा पर्नु हो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, फेरि पनि प्रश्न भने सहमति कार्यान्वयनमै गएर अड्किन्छ। विगतदेखि सरकारले पटक-पटक गरेका सहमति कार्यान्वन नभएरै डा केसीको अनसन शृंखला १५औं पटकसम्म आइपुगेको हो।

यसअघिका सहमतिहरुमा सरकारी पक्ष प्रतिबद्ध नहुँदा उनले अनसनको शृंखला जारी राख्नुपरेको विदितै छ। अहिले पनि सहमति भएका विषयलाई कुनै छिद्रको सहायतामा कार्यान्वयन नगरिने पो हो कि भनेर अनसन तोडिएकै अवस्थामा समेत आशंका गरिनु अस्वभाविक होइन।

प्रधानमन्त्री तथा अन्य मन्त्रीहरु, नेता तथा कार्यकर्ताको वरिपरि रहने स्वार्थी समूह यो सहमति अघि र पछि पनि उस्तै नै हुनेछन्। तिनले आफ्नो हितका लागि गर्ने प्रयास जारी राखिरहनेछन्।

त्यसैले अहिले भएका सहमतिलाई विगतकै हालत नबनाइएला भन्न सकिन्न। कार्यान्वयनमा ढिलाइ गर्ने, संसद्‌को प्रक्रियालाई प्रभावित पार्ने, नयाँ परिस्थिति सिर्जना गर्नेजस्ता अनेक खेलहरु हुन सक्छन्।

तर, स्थिर मानिएको शक्तिशाली सरकारले डा केसीलाई जति गलाउने कोसिस गर्योि त्यो सहमतिअघि नै गर्यो्। सहमति गरिसकेपछि भने त्यसबाट पछि हट्न र कार्यान्वयन नगर्न यो सरकारलाई छुट छैन। दुई तिहाईको शक्तिशाली सरकारले आफूले गरेका सहमति कार्यान्वयन गरेन र फेरि पनि डा केसी आफ्नो संघर्षमा उत्रिँदै अर्को अनसन बस्ने अवस्थामा पुगे भने यो सरकारसँग डा केसीसँग आँखा जुधाउने कुनै नैतिक हैसियत बाँकी रहँदैन।

सरकारले गरेका सहमति पालना गरेन भने डा केसी फेरि अर्को अनसनमा उत्रिँदैनन् भन्ने ठाउँ छैन। किनकि विगतमा एकै प्रकारका सहमति गर्ने र कार्यान्वयन नगर्ने रोगकै कारण डा केसी बारम्बार अनसन बस्दै आएका हुन्। कम्तिमा आजको दिनमा यो सरकारले आफूले गरेका सहमति उलंघन गरेर डा केसीलाई फेरि आन्दोलित हुने अवस्थामा पुर्याउने छैन भन्ने अपेक्षा गर्न सकिन्छ।

हुन त अहिले निराशा व्यक्त गरिहाल्नुपर्ने समय होइन। आफ्नै पार्टीको स्पष्ट बहुमत भएको र सदनमा दुई तिहाइभन्दा बढीको समर्थन रहेकाले सरकारले सहजै र इमान्दारीपूर्वक यस विषयलाई किनारा लगाउनेछ भन्ने विश्वास गर्ने समय हो यो। जनताको चासो र अधिकार जोडिएको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गुणस्तर वृद्धिका लागि सरकारले अवश्य पनि फराकिलो छाती प्रदर्शन गर्नेछ भन्ने अपेक्षा गर्नु अहिलेका लागि उचित छ। आशा गरौं सरकारले डा केसीसँग गरेका सहमति अनुरुप चिकित्सा शिक्षा क्षेत्रको चित्र स्पष्ट कोरिनेछ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्