• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ताइवानको विषयले चीन–अमेरिका आम्नेसाम्ने

64x64
नेपाल लाइभ बुधबार, साउन १८, २०७९  ०८:३२
1140x725

काठमाडौं- ‘यदि अमेरिकी पक्षले ‘क्रस–स्ट्रेट’(चीन–ताइवानको सिमा क्षेत्र) को अवस्थालाई गलत अनुमान वा गलत व्यवहार गर्छ भने यसले ताइवान क्षेत्र र विश्वकै सुरक्षा, समृद्धि र व्यवस्थाको लागि विनाशकारी परिणामहरू ल्याउनेछ,’ चीनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले मंगलबारको नियमित  पत्रकार सम्मेलनमा व्यक्त यो आक्रोशपूर्ण अभिव्यक्ति  चीन–अमेरिका बीच तनावको उच्चतम प्रतिक्रिया हो भनेर बुझे हुन्छ। 

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताईवान भ्रमणको पूर्वसन्ध्यामा चीन निकै आक्रामक देखिएको थियो। चीनको चर्को विरोधका  वाबजुद  मंगलबारसाँझ उच्च सुरक्षाका बीच पेलोसी ताइवानको राजधानी ताइपेइमा उत्रेकी छन्। 

ताइपेइ विमानस्थल बाहिर हजारौं ताइवानी पेलोसीको स्वागतमा पुगेका थिए। ताइवानका विदेश मन्त्री पनि सभामुख पेलोसीको स्वागतमा विमानस्थल पुगेका थिए।

हिन्द–प्रशान्त क्षेत्रको भ्रमणमा निस्केकी सभामुख पेलोसी सिङ्गापुर र मलेसियाको भ्रमण पछि ताइवानको राजधानी ताइपेइ आइपुगेकी हुन्। उनी दक्षिण कोरिया र जापान जाने कार्यतालिका पनि रहेको छ। 

ताइपेइ उत्रेपछि पेलोसीले आफू भ्रमण टोलीको नेतृत्व गरेर किन ताइवान आएँ भन्ने ‘वासिङटन पोस्ट’ मा छापिएको एउटा लेख सेयर गरेकी छन्। 

उनले प्रजातान्त्रिक ताइवानसँग प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रता र मानव मर्यादामा साझा चासो रहेको उल्लेख गरेकी छन्। यस्तै पेलोसीले प्रशान्त क्षेत्रको पश्चिमा क्षेत्रमा रहेको ताइवानको सुरक्षा र शान्ति  का विषयमा अमेरिकाको चासो रहेको पनि बताएकी छन्।

pelosi1659495525.jpg
ताइवानमा संसद्‌को भ्रमण गर्दै पेलोसी। तस्बिर: रोयटर्स

पेलोसीले आफ्नो भ्रमण 'एक चीन नीति' को विरुद्ध नरहेको पनि उक्त लेखमा स्पष्ट पारेकी छन्। उक्त लेखमा पेलोसीले चीनले हङकङको राजनीतिक स्वतन्त्रतालाई अवरोध गरेको, त्यस्तै चीन भित्रकै मानव अधिकार र त्यहाँका अल्पसंख्यक माथि गरेको ज्यादतीका विरुद्ध रहेको स्पष्ट पारेकी छन्।

पेलोसीले ताइवानको भ्रमणले लोकतन्त्रप्रतिको आफूहरूको प्रतिबद्धता पुनः  प्रस्ट पारेको र ताइवानको स्वतन्त्रता र लोकतन्त्रको सबैले सम्मान गरिनुपर्नेमा जोड दिँदै आफ्नो लेखको अन्त्य गरेकी छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यता चीनले भने पेलोसीको भ्रमणको विरोध गर्दै चीन–ताइवान क्षेत्रमा मंगलबार दिउँसोबाटै सुरक्षा तथा सैन्य गतिविधि  बढाएको छ। यसले अन्तरराष्ट्रिय क्षेत्रमा चिन्ता बढाएको छ। 

त्यस अघि चीनले पेलोसीको भ्रमणलाई लिएर अमेरिकालाई रोक्न बारम्बार सचेत गराई रहेको थियो। चीनले जुलाई १९, जुलाई २१, जुलाई २५ र जुलाई २७ मा पत्रकार सम्मलेन मार्फत यो भ्रमणको विरोध जनाएको थियो। अघिल्लो हप्तामात्र अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिङ फीङ बीचको फोन संवादमा राष्ट्रपति सी ले पेलोसीको भ्रमणको विषयलाई लिएर विरोध जनाएका थिए।

भारतस्थित एनडिटिभीले अमेरिकी राष्ट्रपति कार्यलयले पेलोसीलाई भ्रमण रोक्न आग्रह गरेको तर पेलोसीले अस्विकार गरेको बताएको छ। यसले, करिब २५ बर्ष पछि अमेरिकाको उच्च कार्यदलको नेतृत्व गरेर पेलोसी ताइवान आउन आतुर रहेको देखाउँछ।

झन्डै २५ बर्ष पहिले  सन् १९९७ मा तत्कालीन सभामुख न्यूट  जिनग्रिचले ताइवानको भ्रमण गरेका थिए। पेलोसीको भ्रमण २५ बर्ष पछिको वरिष्ठ अमेरिकी अधिकारीको पहिलो ताइवान भ्रमण भएको छ। पेलोसी बेइजिङको लामो समयदेखि आलोचक रहेकी छन्।

चीनले आफ्नो भनेर दाबी गरेको ताइवान एक स्वशासित टापु हो। चीनले यसलाई 'एउटा भगोड़ा प्रान्त' को रूपमा हेर्ने गरेको बीबीसीले बताएको छ।

चीनको कडा विरोधका बीच यो भ्रमण तय भएपछि  यसले आफू गम्भिर भएको र यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले वहन गर्ने चिनियाँ  विदेश मन्त्रालयका प्रवक्ताले बताएकी छन्।  मंगलबारको पत्रकार भेटघाटमा प्रवक्ताले चीनको सार्वभौम सुरक्षा हितलाई कमजोर पार्न अमेरिका उद्यत  रहेको भन्दै  यसको मूल्य अमेरिकाले तिर्नु पर्ने बताइन्।

यस्तै, मंगलबार नै चीनले ताइवानको सिमा क्षेत्रमा युद्धक विमानहरू पठाएर सैन्य प्रतिक्रिया दिइसकेको छ। यसका साथै सेनाहरूले प्रत्यक्ष फायर ड्रिलहरू पनि गरिरहेको बीबीसीले बताएको छ। बीबीसी भन्छ,‘चिनियाँ सेनाको पूर्वी कमाण्डले कुनै पनि परिस्थितिको लागि पूर्ण रूपमा तयार रहेको भनी एक भिडियो अनलाइन पोस्ट गरिसकेको छ।’

उता ताइवानको रक्षा मन्त्रालयले भने आफ्नो टापु नजिकैको चिनियाँ  सैन्य गतिविधिको पूर्ण जानकारी रहेको र कुनै पनि चिनियाँ धम्कीबाट आफूहरूलाई बचाउन कटिबद्ध रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी अधिकारीहरुले चीनले सैन्य उक्साहटका साथ प्रतिक्रिया दिन सक्ने अनुमान गरेका थिए। तर ती अधिकारीले चीनियाँ पक्षले प्रचार गरे जस्तो अन्य गतिविधि भने गलत ठहरीने बताएका छन्। अमेरिकी अधिकारीको दाबी र चीनियाँ पक्षको आक्रोश कस्तो रुपमा प्रकट हुने हो त्यसका लागि पर्खनु पर्ने छ। तर बुधबार सभामुख पेलोसी ताइवानका राष्ट्रपतिलाई भेटेर दक्षिण कोरिया उडिसकेकी हुनेछिन्।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेस्तोल देखाउँदै डर–धम्की दिने ३ जना पक्राउ
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ?
बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते
सम्बन्धित सामग्री
थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो घटनामा घाइते भएकी १२ वर्षीया एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो । आइतबार, साउन २४, २०८३
पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो । आइतबार, साउन २४, २०८३
इरानले अमेरिकासामु राख्यो ६ सर्त, होर्मुजलाई लिएर कडा अडान बीबीसी फारसीका अनुसार ती मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा ढिलाइ, युद्धमा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहको नौसैनिक नाकाबन... आइतबार, साउन २४, २०८३
ताजा समाचारसबै
पेस्तोल देखाउँदै डर–धम्की दिने ३ जना पक्राउ आइतबार, साउन २४, २०८३
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते आइतबार, साउन २४, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो... आइतबार, साउन २४, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्