काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा ४३८ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको १ हजार ७७९ पीसीआर र १ हजार ९२० जनाको एन्टीजेन परीक्षणका क्रममा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २७७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार ३६९ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।