प्रतिकात्मक तस्बिर काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुन: बढ्न थालेको छ। अमेरिकासहित यसअघि पनि कोरोनाबाट अति प्रभावित मुलुकहरुमा पुन: संक्रमण बढ्न थालेको छ।
वल्डोमिटरका अनुसार पछिल्लो समय ब्राजिल, फ्रान्स, इटाली, दक्षिण कोरियासहित भारतमा पनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ।
पछिल्लो अध्यावधिक विवरणअनुसार विश्वभर थप ८ लाख २३ हजार २१९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। यस्तै, १ हजार ८७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमण देखिएकामध्ये ८ लाख ५१ हजार ५२९ जना पछिल्लो २४ घण्टामा निको भएका छन्। विश्विका विभिन्न देशमा गरी अहिले २ करोडभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वभर हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५८ करोड नाघेको छ। यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ लाख १७ हजार नाघेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।