काठमाडौं– नेपालमा शुक्रबार एकैदिन ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार २८२ जनाको नमूना परीक्षण गर्दा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप ५७७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ४ हजार ३५४ पुगेको छ। २४ घण्टाको अवधिमा २६९ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।