नयाँदिल्ली– भारतमा गत २४ घण्टाको अवधिमा १८ हजार तीन सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा कोरोना संक्रमितको संख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ। हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय संक्रमित रहेका छन्।
सोही अवधिमा २० हजार सात ४२ संक्रमणमुक्त भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या भारतमा चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ।
मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ।
महामारी सुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।