पाल्पा– पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन्। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१च ४०८० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको लु२९प ७०२१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापा घाइते भएका छन्। मोटरसाइकल पछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो।
मोटरसाइकल चालक २७ वर्षीय विनोद थापाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रभाष प्रहरी चौकीले जनाएको छ।
दुवै सवारीसाधन तथा भ्यानका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।