दमक– मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको मृत्यु भएको छ।
गौरादह–गौरीगञ्ज सडकखण्ड अन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको मृत्यु भएको हो। न्यौपाने गौरादहका युवा व्यवसायी हुन्।
गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उनी सवार बा१०प ४६३ नम्बरको मोटरसाइकल गएराति ८ः३० बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।