पोखरा– अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार पोखरामा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा अधिकारकर्मी, व्यवसायी, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो।
डा केसीका माग जायज भएको भन्दै प्रदर्शनमा सहभागीहरुले सरकारले डा केसीका मागहरुको तत्काल सुनुवाइ गर्नुपर्ने बताएका थिए।
प्रदर्शनकारीहरुले ‘नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता’, ‘माफियामुखी ऐन चाहिंदैन’, ‘शिक्षा र स्वास्थ्यमा राजनिति बन्द गर’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए। र्यालीले पोखरा बजार परिक्रमा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।