• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

स्वीडेनको शिक्षा प्रणाली र नेपाललाई पाठ

डा. कटक मल्ल  बिहीबार, साउन १२, २०७९  ०७:०३
1140x725

संसारमै गुणस्तरीय शिक्षाका लागि कहलिएको देश हो स्वीडेन। यस्तो उपलब्धि हासिल गर्नुका पछाडि उसले गर्ने केही महत्त्वपूर्ण काम छन्। कोही नागरिकका लागि त्यहाँको शिक्षा व्यवस्थापन उसको जन्मदेखि नै सुरु हुन्छ।

स्वीडेनमा हरेक शिशु जन्मेको एक महिनाभित्र कर कार्यालयमा दर्ता गर्नु पर्छ। यसरी दर्ता भएका शिशुका लागि सरकारले बजेटमै खर्च छुट्याउँछ। बच्चालाई विद्यालय भर्नाअघि प्रि-स्कुलमा राखिन्छ। आमाबुबा प्राय: काममा जाने चलन हुन्छ। बिहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म बच्चालाई प्रि-स्कुलमा नै राख्न सकिन्छ।

विद्यालयको शुल्क भने अभिभावकको कमाइअनुसार निर्धारण गरिन्छ। कम कमाउनुहुन्छ भने कम र धेरै कमाउनुहुन्छ भने धेरै तिर्नुपर्छ। यो नियम प्रि-स्कुलका लागि हो। 

सबैभन्दा महत्वपूर्ण चाहिँ स्कुलको डे केयर सेन्टरमा के हुन्छ र कसरी पढाउँछन् भन्ने हो। जस्तो कि, नेपालमा किन्डरगार्टेन भन्ने हुन्छन्, जहाँ थुप्रै किताब बोकेर विद्यालय पठाइन्छ। यस्तो प्रणाली स्वीडेनमा छैन।

स्वीडेनमा ६ वर्ष नपुगीकन विद्यालय जान पाइँदैन। ६ वर्ष नपुगुन्जेल किन्डर गार्डेनमा बच्चाहरुलाई गार्डेन, बेन्च र विद्यालयको वातारणसँग घुलमिल गर्न नक्सा बनाइएको हुन्छ। विभिन्न तरिकाबाट व्यवहारिक ज्ञान मात्र सिकाइन्छ। हामीले नेपालमा जस्तो घरमा ए, बी, सी डी पढाउनुपर्देन। मेरो एक-एक छोरा र छोरी छन्। हामीले घरमा केही सिकाएको होइन, स्कुलले नै सबै कुरा सिकाएको हो। 

बच्चाहरु बजार जाँदा साइनबोर्ड हेरेर पढेको पनि मेरो अनुभव छ। बिहान ७ बजे स्कुलमा गएको बच्चालाई ९ बजेतिर ब्रेकफास्ट खुवाउँछन्। खाना १२ बजेतिर खुवाउँछन्। बेलुका ५ बजे बच्चाहरुलाई लिन अभिभावक जान्छन्। स्वीडेनको यो पक्ष राम्रो छ। 

जब बच्चा ६ वर्षको हुन्छ, अनि मात्र १ कक्षामा जान पाउँछ। १ कक्षादेखी पीएचडीसम्म नि:शुल्क हुन्छ। ६-७ महिना अगाडीसम्म पनि विदेशी नागरिकलाई समेत नि:शुल्क थियो।

अहिले भने स्वीडिस नागरिकलाई पैसा लाग्दैन तर, विदेशीले शुल्क तिर्नुपर्छ। ६ कक्षामा पुगेपछि बच्चाहरुको अभिभावक, कक्षा शिक्षक र विद्यार्थीबीच मिटिङ हुन्छ। कक्षा ६ देखी ९ सम्म हरेक ६—६ महिनामा दुई पटक मिटिङ हुन्छ। उक्त मिटिङमा विद्यार्थीलाई सोधिन्छ-  अब तिम्रो के-के अपेक्षा छ? बाँकी के-के गर्न चाहन्छौ? 

nimb
nimb
Ncell 2
Ncell 2

शिक्षकले अभिभावकलाई पनि बच्चाहरुलाई रुचिको किताब पढ्न दिनुहुन्छ कि हुँदैन भनेर छलफल गर्छन्। सबैभन्दा महत्वपूर्ण त्यो छलफलमा के हुन्छ भने, बच्चाको रुची गीतसंगीतमा छ कि, खेलमा छ वा साहित्यमा भनेर सोधिन्छ। त्यसैअनुसार बच्चालाई प्रोत्साहन गरिन्छ। विद्यालयमा पाउने सबै कुरा नि:शुल्क पाइन्छ, तर बाहिर किन्ने पुस्तक भए त्यहाँ छलफल हुन्छ। पाठ्यक्रमको किताब भने नि:शुल्क नै हुन्छ। विद्यालयको कुनै पनि पोसाक हुँदैन। विद्यालयमा ठूलो बच्चालाई लन्चको व्यवस्था हुन्छ। 

बिहान ८ देखी २ बजेसम्मको विद्यालय हुन्छ र कसैको अभिभावक ६ बजे नै काममा जान्छन् भने त्यो दुई घण्टा बच्चाहरुको लागि अतिरिक्त क्रियाकलाप गराइन्छ। त्यो छुट्टै समयको भने केही शुल्क तिर्नुपर्ने हुनसक्छ, तर कमाइको आधारमा मात्र लिन पाइन्छ। 

अचम्म लाग्न सक्छ, स्वीडेनमा सरकारी पैसामा कसरी सबै विद्यालय चल्छन् भनेर। तपाईंले व्यक्तिगत रुपमा कुनै विद्यालय वा विश्वविद्यालय खोल्न चाहनु हुन्छ भने मानीलिउँ त्यहाँ १०० विद्यार्थी छन्। अरु सार्वजनिक विद्यालयले सरकारबाट जति फण्ड पाउँछ, त्यो फण्ड निजी विद्यालयले पनि पाउँछ। 

स्वीडेनमा ९० प्रतिशतभन्दा धेरै सरकारी विद्यालय र बाँकी मात्र निजी विद्यालय छन्। यहाँ भौचर सिस्टम छ। त्यो भौचर भरेर पठाएपछि सरकारले पैसा पठाउँछ। विद्यालयको पाठ्यक्रम सबै सरकारले निर्धारण गरेको नै लागू हुन्छ।

यहाँ सबैभन्दा महत्वपूर्ण भनेकै गुणस्तरीय शिक्षा हो। नेपालमा पहिले केन्द्रिकृत शिक्षा प्रणालीको राज्य व्यवस्था थियो। अहिले विकेन्द्रीकरण भएको छ। सन् १९९० को दशकमा स्वीडेनमा पनि केन्द्रिकृत शिक्षा प्रणाली थियो, जुनपछि विकेन्द्रीकृत प्रणालीमा गयो। भलै राज्यव्यवस्था प्रणाली भने एकात्मक छ। 

त्यो समयमा केन्द्रमा जे थियो, त्यो समुदायमा पुगेन। त्यसले राम्रो नतिजा ल्याउन सकेन। त्यसपछि विकेन्द्रित पनि गरियो र धेरै निजी विद्यालय खोल्न दियो। 

स्वीडेन सरकारले सन् १९९० देखी २००८ सम्म एक सर्भे गरेको थियो। त्यसले केही सरकारी विद्यालय र केही निजी विद्यालय राम्रा देखायो। शिक्षाको गुणस्तरमा असन्तुलन भएको पाइयो। त्यसैले शिक्षालाई विकेन्द्रीकरण गरियो र विद्यालय निरीक्षण प्रणाली (स्कुल इन्स्पेक्शन सिस्टम) ल्याइयो। सायद नेपालमा पनि एकपल्ट विद्यालय निरीक्षणको चलन थियो। अहिले छ कि छैन थाहा छैन। 

गुणस्तरलाई नियन्त्रण गर्न स्वीडेनमा कक्षा १ देखी १२ सम्ममा ३, ६ र ९ कक्षामा थप  परीक्षा लिइन्छ। त्यसलाई 'नेसनल प्रुफ' पनि भनिन्छ। यसमा पास वा फेल भन्ने हुँदैन। सामान्य रुपमा शिक्षकले उत्तरपुस्तिका जाँच्छन र नम्बर पनि दिन्छन्। समग्र शिक्षा प्रणालीको गुणस्तरीयता जाँच्न मात्र परीक्षा लिने गरिएको हो।

त्यस्तो परिक्षाले तीन वर्षको स्वीडेनको शिक्षा कस्तो भयो भने परीक्षण र अबको कस्तो हुने भनेर निर्धारण गर्न सघाउँछ। यस्ता परीक्षाको प्रश्न तीन वर्षअगाडि नै तयार पारिएको हुन्छ। 

यस्तो खालको परीक्षाले मूलत: दुई वटा फाइदा गर्छ। पहिलो त, हामीले के पढाई राखेका छौं र हाम्रो शिक्षा प्रणाली कस्तो छ भन्ने थाहा हुन्छ। अर्को, सबैलाई समान शिक्षा। जस्तै, काठमाडौं र कालिकोटको विद्यार्थीले न्यायको अर्थ एकै बुझेको छ कि फरक बुझेको छ भन्ने थाहा पाउन पनि यस्तो खालको परीक्षाले सहयोग गर्छ। 

स्वीडेनको शिक्षाबारे अब सैद्धान्तिक विषयमा प्रवेश गरौं। संयुक्त राष्ट्रसंघले अगाडि सारेको दीगो विकास लक्ष्यको ४ नम्बरमा गुणस्तरीय शिक्षा उल्लेख छ। त्यसअनुसार हाल स्वीडेन सरकारले ४ नम्बर बुँदाका आधारमा शिक्षा प्रणाली हुबहु राखेको छ। यहाँको शिक्षा प्रणालीमा अहिले अन्तर्राष्ट्रियकरण, क्रिटिकल थिन्किङ र प्राकृतिक तथा स्थानीय मूल्यमान्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने नीति छ। तर, यसो गर्दा स्थानीय मूल्य र प्रजातन्त्रलाई असर गर्न पाइँदैन।

चाहे कक्षा १ देखी पीएचडीसम्म किन नहोस्, शिक्षाजस्तो इच्छा र अधिकारसँग जोडिएको विषय हुनाले महत्त्वपूर्ण ढंगले राखेको छ। शिक्षामा सहानुभूति र समानुभूति दुवै छ। 

मैले दुई वर्षअगाडि एक लेखमा जयपृथ्वीबहादुर सिंहबारे लेखेको थिएँ। हामी अहिले अधिकारको कुरा गर्छौँ। तर, पूर्वीय सभ्यताअनुसार जुन प्रकारको मानवतावाद थियो, त्यो  हराउँदै गएको छ। त्यो मानवतावादका प्रचारक उनै जयपृथ्वीबहादुर सिंह थिए।

स्वीडेनको शिक्षा अहिलेसम्म राम्रो छ। अहिले संसारका सबै शिक्षा राष्ट्रवादी (नेस्नालिस्टिक) छन्। यो मैले भनेको होइन, अरुले पनि भनेका छन् । सबै प्रख्यात 'क्रिटिकल थिंकर' शिक्षाविद्ले नै हरेक शिक्षा राष्ट्रवादी भएको बताएका छन्। के यो ‘राष्ट्रवाद’ नै अहिलेको समाधान हो त?

कतिले राष्ट्रिय र सांस्कृतिक मूल्यलाई राष्ट्रवादसँग जोडिराखेका छन्। जस्तै, महिला अधिकारले मानव अधिकार प्रवर्द्धनमा खुबै काम गरेको बताइन्छ। तर, सामाजिक र सांस्कृतिक अधिकारले महिलाहरुलाई दुख दिएको छ। त्यसैले यो दृष्टिकोण स्थानीय मूल्य र मान्यताविरुद्ध हुनुहुँदैन।

स्वीडेनको शिक्षा अहिलेसम्म राम्रो छ। अहिले संसारका सबै शिक्षा राष्ट्रवादी (नेस्नालिस्टिक) छन्। यो मैले भनेको होइन, अरुले पनि भनेका छन् ।

मैले 'न्याय' भन्ने शब्द काठमाडौंमा ल कलेजमा गएर पढें। तर, छोरीले प्रि-स्कुलमा नै 'न्याय मेरो अधिकार हो' भन्ने बुझेकी छन्। यहाँको शिक्षा प्रणालीको बडो रमाइलो पक्ष यो पनि हो। 

अमेरिका र बेलायतजस्तै स्वीडेनमा पनि पढाइका क्रममा राष्ट्रवाद सिकाइन्छ। तर, धेरै प्रि-स्कुलमा एकता, मानवता, समानता, झन्डा मात्र धेरै कुरा होइन भनेर बच्चाहरुलाई सिकाएको छ। 

अमेरिकामा द सिटी अन द हिल, युआर द बेस्ट भन्ने अमेरीकन दृष्टिकोण छ, यस्तो स्वीडेनको शिक्षा प्रणाली छैन। बेलायतको जस्तो 'क्लास सिस्टम' पनि छैन। हुन त परम्परागत कक्षाहरु यहाँ छन्। नेपालमा राणाहरुको जस्तो यहाँ राजदरबारमा, केही शहरमा छ। समग्रमा भने छैन। 

स्वीडेनमा आफनो परिचय दिनुअगाडि आफनो टाइटल भन्दैनन्। यहाँ फस्ट लेडी भन्ने चलन छैन। श्रीमान् जतिसुकै मान प्रतिष्ठाको भए पनि श्रीमती उसको नामबाट परिचित हुन चाहँदैनन्। 

(करिब तीन दशकदेखि स्वीडेनमा बसोबास गरिरहेका कानूनविद् डा. कटक मल्ल स्टकहोम विश्वविद्यालयसंग आबद्ध छन्। यो आलेख उनले युएस नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन तथा नीति संवादमा दिएको मन्तव्यमा आधारित छ।  सं.)

प्रस्तुति: धनु विश्वकर्मा

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी सोमबार, भदौ ८, २०८३
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै सोमबार, भदौ ८, २०८३
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ सोमबार, भदौ ८, २०८३
विराटनगर मालपोत कार्यालय अगाडि नवजात शिशु फेला सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्