काठमाडौं- पछिल्लो केही समययता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार नेपालमा ३४७ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३३५ संक्रमित भेटिएका थिए।
आइतबार देशभरमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ।
चार महिनापछि साउन १ गते एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो। त्यसता चार जनाको थप मृत्यु भएको पुष्टि भएको छ।
यस्तै गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ। देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।