काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा ३३५ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको १ हजार ८८ पीसीआर र १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ९७१ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।