• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीको सत्याग्रहमा कांग्रेसको दुराग्रह

64x64
नेपाल लाइभ शनिबार, साउन ५, २०७५  ११:४०
1140x725

‘डा गोविन्द केसी कांग्रेसको उक्साहटमा सरकार विरुद्ध अनसन बसिरहेका छन्’, सत्य ढाक्न सत्तापक्षले लगाइरहेको आरोप हो यो।

चिकित्सा शिक्षा सुधारका विषयमा डा केसीले पछिल्ला ६ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका सबै पार्टीका सरकारलाई चुनौती दिइरहेका छन्। त्यसैले चिकित्सा शिक्षा र डा केसीलाई नजिकबाट बुझ्नेहरुले यो आरोप पत्याइहाल्ने कुरा भएन।

डा केसीका आफ्नै मुद्दा छन्। ती मुद्दाको सुनुवाई गर्ने आफ्नै शैली छ र उनी आफ्ना मुद्दा स्थापित गर्न आफूलाई मात्रै दुःख दिइरहेका हुन्छन्। विभिन्न पार्टी, संगठन र समूहहरु आफ्ना स्वार्थ अनुसार उनलाई समर्थन गर्न आउँछन्। त्यही स्वार्थ अनुसार उनी विरुद्ध खनिन्छन् र लाञ्छना लगाउँछन्। विरोधका लागि सत्याग्रही बाटो समातेका उनी प्रतिक्रिया विहीन रहन्छन्। न यस्ता आरोपबाट विचलित हुन्छन्, न त्यस्ता समूहका समर्थनबाट उत्साहित।

१५ औं अनसनमा आइपुग्दा भने नेपाली कांग्रेस डा केसीको जबर्जस्त  समर्थक हुन आइपुगेको छ (यही पार्टीका एक नेता गगन थापा भने सधैं समर्थनमै हुन्छन्)। कांग्रेसले संस्थागत रुपमा डा केसीको मागलाई ‘आफ्नो’ महशुस गरेको पनि पहिलोपल्ट हो।

सहजै भन्न सकिने कुरा के हो भने, चिकित्सा शिक्षाका विषयमा डा केसीका माग जायज नै ठानेर कांग्रेसले अहिले समर्थन गरेको होइन। यदि उसलाई डा केसीको माग जायज नै लाग्थ्यो भने त यसअघि पटक–पटक सत्तामा हुँदा नै माग पूरा गराउन पहल गथ्र्यो। कुनै कारणले पूरा गर्न नसकेको भए त्यतिबेला र अहिले पनि जनतासँग माफी माग्थ्यो होला।

उक्त दलले आफू सरकारमा रहेका बेला डा केसीको मागलाई गम्भीर रुपमा लिइदिएको भए चिकित्सा शिक्षामा कायापलट भइसक्थ्यो। वा कम्तिमा त्यसको संकेत देखा पर्न थाल्थ्यो। यस्ता जनपक्षीय मुद्दा आत्मसाथ गर्ने ल्याकत काँग्रेस नेतृत्वमा हुँदो हो त यतिबेला विपक्षी दलको दुई तिहाई सरकार झेल्नुपर्ने थिएन। सके आफैं यो हैसियतमा हुन्थ्यो, नभए लुरे प्रतिपक्षी चाहिँ बन्दैनथ्यो।

त्यसैले अहिले पनि ऊ प्रतिपक्षीय धर्म निर्वाह गरिरहेको छ भन्दा अत्युक्ति हुँदैन।

डा केसीको १५ औं अनसनमा भने कांग्रेसले अभूतपूर्व सक्रियता देखाएको छ। सांसदहरु संसदमा भिडेका छन् र भातृ संगठनहरु सडकमा। एउटा सत्याग्रहीका सही मागमा संसदमा सक्रियता देखाउनुलाई अन्यथा लिइनु हुँदैन। त्यसैले कांग्रेसका सांसदले गरेको उक्त कार्यप्रति आभार प्रकट गर्नुपर्छ। 

Ncell 2
Ncell 2

सडकमा भने डा केसीकै माग सम्बोधन गराउने उद्देश्यले मात्रै कांग्रेस भिडेको हो भन्ने देखिदैन। एउटा सत्याग्रही डाक्टरको काँधमा टेकेर सत्तापक्षीलाई गलाउने ‘दुराग्रह’ पालेर कांग्रेस अघि बढिरहेको छ भन्ने पछिल्ला घटनाक्रमले देखाउन थालेका छन्। त्यसका जल्दाबल्दा उदाहरण शनिबारका दुई घटना हुन्।

पहिलो, डा केसीका पक्षमा निस्किएको शान्तिपूर्ण जुलुसमा उसका भातृसंगठन तरुण दलले फैलाएको अशान्ति। दोस्रो, त्रिवि सिनेटमा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएको कालो झन्डा प्रदर्शन र नाराबाजी।

अरुलाई बाधा, हानी र दुःख नहोस् भनेर आफैंलाई दुःख दिने आन्दोलन हो, अनशन। तर यसरी आफ्नो आन्दोलन जारी राखेका डा केसीको समर्थनमा तोडफोड र ढुंगामुढा प्रहार गर्नु पूरापूर नाजायज काम हो। आफ्ना माग आफ्नै बलबुतामा सुनाउन डा केसीले आफूलाई १५ औं पल्ट भोको र प्यासी राखेको पनि २२ औं दिन भइसकेको छ। तर कांग्रेस कार्यकर्ताले शनिबार बानेश्वरमा जुन खाले व्यवहार देखाए त्यसले डा केसीलाई नै पिडा थप्ने छ। यस्तै झडप र तोडफोड हेर्न र सुन्न नसकेर नै उनी ईच्छा विपरित सरकारी हेलिकोप्टर चढेर काठमाडौं आइपुगेका हुन्।  

त्यसैले अरुलाई दुःख दिन नचाहनेको एजेन्डालाई समर्थन गर्ने समूहको नियत पनि त्यस्तै हुनुपर्छ। उनीहरुले पनि त्यो आन्दोलनको मर्म बुझ्नुपर्छ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराई, नागरिक अगुवा कृष्ण पहाडी, पूर्व प्रधान न्यायधीश शुशिला कार्की, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइराला र करिष्मा मानन्धर समेत सम्मिलित र्‍यालीले संयमता र शान्ति कायम राखेको पनि थियो। नागरिक तहको उक्त र्‍यालीमा कांग्रेसकै गगन थापा मात्रै होइन, विवेकशील साझाका रविन्द्र मिश्र, नयाँ शक्तिकी हिसिला यमी लगायत नागरिककै हैसियतमा सहभागी थिए।

उक्त जुलुसमा विशाल जनमानस सहभागी भए पनि शान्त थियो। अर्थात सभ्य र भव्य थियो। सडक किनारका फूल र बिरुवालाई समेत हानी नपुगोस् भनेर बिशेष सतर्कता अपनाइएको थियो। मानवसाङ्लोको बीचमा डा केसीका समर्थकहरुलाई हिँडाइएको थियो।

प्रदर्शनपछि आयोजित कोणसभा छेवैमा अर्को कार्यक्रम गरिहेको कांग्रेस भातृ संगठन तरुण दलले भने संयमता गुमायो। ऊ प्रहरीसँग जुध्न र आफूलाई प्रचारित गर्न उद्दत भयो। जसले गर्दा नागरिक समाज सहितको मुख्य कार्यक्रमकै आलोचना भयो। जो त्यहाँ स्वयं उपस्थित भएका थिएनन् र फेसबुक तथा युट्युवबाट प्रत्यक्ष हेरिहरेका थिए, उनीहरुले खासै भेउ पाउने स्थिति कमै थियो। दुई कार्यक्रम छुट्टाछुट्टै भएर पनि तरुण दलको उग्रताको कारण शान्तिपूर्वक सम्पन्न भइरहेको फरक कार्यक्रम पनि बदनाम भयो।

नागरिक दबाब समूहले कोणसभा गरिरहेका बेला तरण दलको झन्डा सहित आएको हुलले सत्याग्रहको मर्म विपरित तोडफोड र ढुंगामुढा गर्नु उचित काम होइन। जसले गर्दा शान्तिपूर्ण जुलुस विथोलिन पुगेका थियो र उल्टो जन दबाब समूहले क्षति बेहोर्नु परेको छ। कांग्रेस कार्यकर्ताको उक्त हर्कतको जवाफमा टियर ग्याँस हानियो। त्यसकारण उक्त र्‍यालीलाई सम्बोधन गर्न पुगेकी मनिषा कोइराला लगायतका सम्बोधन नै नगरी भाग्नुपर्ने अवस्था बन्यो। 

यो कार्यले डा केसीका माग सम्बोधन गराउने नागरिकको ‘नैतिक दबाब’लाई एक कदम पछाडि धकेलिदिएको छ।  डा केसी कांग्रेसको उक्साहटमा अनशन बसेको भन्ने आरोप लगाउने सत्तापक्षलाई झनै सजिलो भएको छ। यसै पनि तथ्यभन्दा पनि तर्कले डा केसीलाई गल्न बाध्य बनाइरहेको सत्ता पक्षलाई ‘भन्ने र खेल्ने’ ठाउँ दिइनु हुँदैनथ्यो। तर, यो घटनाले दियो। संवेदनशील समयमा जे कुरा ख्याल गर्नुपथ्र्यो, त्यसैमा चुकियो।

ट्वीटर र फेसबुकका टाइमलाइनमा सत्ता पक्षीयले ‘डा केसीका समर्थकको अराजकता’ भन्दै मन्त्रीको गाडी तोडफोड गरिएका र प्रहरीमाथि ढुंगा हानिएका तस्बिर अभियानका रुपमा फैलाएका छन्। 
कांग्रेस साँच्चिकै डा केसीका माग पूरा होउन् भन्ने चाहन्छ भने उसले सडकका अराजकतामा लगाम लगाउनुपर्छ। आफ्ना भातृ र भगिनी संगठनलाई नियन्त्रण गर्नुपर्छ। डा केसी र सत्ता पक्ष बीचको दूरी बढाउने सबै खालका क्रियाकलाप गर्न बन्द गर्नुपर्छ। सम्भव भएसम्म डा केसी र सरकारका बीच संवादका लागि पहल गर्नुपर्छ। 

त्यसो गर्न नसक्ने हो भने एउटा सत्याग्रहीको एजेन्डाका आडमा बलियो प्रतिपक्ष हुने दुराग्रह भने त्याग्नैपर्छ।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्व प्रधानमन्त्री ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
बालुवाटार छिरे बालेन
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ शनिबार, चैत १४, २०८२
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्