काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले शुक्रबार बिहान भेटवार्ता गरेकी छिन्। आफ्नो कार्यकाल सकाएर अमेरिका फर्कने तयारीमा रहेकी टेप्लिजले प्रचण्डसँग बिदाई भेट गरेकी हुन्।
भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’
नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्दै नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरिन्। नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको राजदुत टेप्लिजको भनाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।