• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

होमस्टेले सुधारेको नाम्जेको मगर गाउँ

64x64
नेपाल लाइभ शुक्रबार, साउन ४, २०७५  ०१:१५
1140x725

भेडेटार– ‘पहिला–पहिला कोही आयो भने झर्को लाग्थ्यो, अहिले त कोही पाहुना आएन भने शून्य लाग्छ’, धनकुटाको नाम्जेमा ७ वर्षदेखि होमस्टे (घरबास) सेवा सञ्चालन गर्दै आएकी दिलकुमारी मगरको भनाइ हो यो।

धनकुटाको नाम्जे गाउँमा यतिबेला दैनिक रुपमै आन्तरिक र बाह्य पाहुना पुगिरहेका हुन्छन्। सन् २०११ मा अमेरिकी समाचार माध्यम सिएनएनले विश्वका घुम्न छुटाउन नहुने प्रमुख १२ मध्ये आठौं स्थानमा नाम्जेलाई राखेसँगै नाम्जे गाउँले पहिचान बनायो। 

त्यसपछि नाम्जेको प्रचार–प्रसार भएसँगै पाहुनाहरु सोधखोज गर्दै आउन थालेका हुन्।

कोसी राजमार्गमा पर्ने भेंडेटार बजारदेखि ४ किलोमिटर पूर्वमा पर्छ नाम्जे। गर्मीयाममा शीतल हुने र जाडोमा पारिलो घाम लाग्ने भएकाले यो ठाउँ पर्यटकको रोजाइमा पर्छ। अहिले गर्मी छल्न भेडेटार आउनेहरु नाम्जेसम्म तानिँदै आउँछन्।

समुद्री सतहदेखि १७ सय मिटरको उचाइमा रहेको नाम्जेमा मगर समुदायको बाहुल्य छ। करिब तीन सय मगर परिवारको बसोबास रहेको यहाँ सुरुवातमा स्थानीयले आफैं गर्दै/सिक्दै होमस्टेलाई फैलाएको पाइन्छ। 

‘सुरुमा होमस्टे छ रे भन्दै धेरै मान्छे सोध्दै आउन थाले। त्यसपछि जानी–नजानी उनीहरूले भने जस्तै गर्दै जाँदा घरैमा पैसा आउन थालेको छ,’ दिलकुमारीले सुनाइन्।

अर्का होमस्टे सञ्चालक जगतबहादुर मगर पनि होमस्टेले विश्व नै घुमाएको अनुभव सुनाउँछन्। नेपालीहरुसँगै विदेशी पाहुना पनि आउने भएकाले उनीहरुसँगको भेटघाटले विश्व घुमेको अनुभव हुने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सागुरीगडी गाउँपालिकामा पर्ने नाम्जेमा उसिनेको आलु, अर्गानिक सागसब्जी, लोकल कुखुरा, भुटेको मकै–भटमास, गुन्द्रुकको अचार तथा मगर परिकार मुख्य आकर्षक मानिन्छन्। 

स्थानीयले २०५८ सालदेखि फाट्टफुट्ट रुपमा होमस्टे सेवा सुरु गरे पनि २०६५ देखि भने व्यावसायिक रूपमा सुरु हुँदै २०७० देखि संस्थागत रूप लिएको हो। 

‘अहिले नाम्जे सामुदायिक होमस्टेमा १९ घर दर्तामा छन्। तर, १५ घरले मात्र होमस्टे चलाउँदै आएका छन्’, सामुदायिक होमस्टेका अध्यक्ष अनिल राना भन्छन्, ‘जानी–नजानी सुरु गरेको होमस्टे अहिले प्रतिस्पर्धा रूपमा अगाडि बढिरहेको छ।’

होमस्टे सञ्चालकहरुका अनुसार, एक घरले मासिक रूपमा ३० हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने गर्छन्। होमस्टे नहुनेले अर्गानिक तरकारी उत्पादन गरेर पनि आम्दानी गरिरहेका छन्। 

होमस्टे सुरु भएयता विदेश जाने युवाहरु गाउँमै रोकिएका छन्। गाउँमै राम्रो आम्दानी हुने भएपछि विदेशको मोह त्यागेको स्थानीय युवा रमेश मगर सुनाउँछन्।  

पहिला मगर मात्रको बसोबास रहेको नाम्जेमा अहिले सहरका व्यापारीहरुले पनि होटल सञ्चालन गर्न थालेका छन्। होमस्टेकै कारण नाम्जेले आफ्नो पहिचान स्थापित गर्दै गए पनि बाहिरबाट आएर व्यवसाय सञ्चालन गर्नेहरुले त्यसको मौलिकतामा असर परिरहेको स्थानीयको गुनासो छ। 

इटहरी, धरान र विराटनगर लगायतका ठाउँबाट आएर होटल सञ्चालन गर्नेहरुले होमस्टेको मौलिक पहिचान बिगारेको अध्यक्ष रानाले बताए।

सडक आसपासमा ठूल्ठूला होटल खुलेदेखि होमस्टेको पहिचानमा संकट आउन थालेको हो। 

स्थानीय सरकारले नाम्जेमा ठूला होटल निर्माणमा रोक लगाएर मौलिक पहिचानमा आधारित व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्न सके नाम्जे आकर्षक गन्तव्य बन्ने रानाको बुझाइ छ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या !
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्