काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा एक सय २१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४५ जनाको स्वाब परीक्षण गरिएकोमा एकसय २१ जनामा कोरोना पुष्टि भएको हो।
एक हजार सात सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र एक हजार ३४५ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ९५२ जनाको मृत्यु भएको छ।
यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा देशभर ३१ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।